
काठमाडौं । तत्कालिन नेकपा माओवादीले आव्हान गरेको १० बर्षे शसस्त्र युद्धको आडमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि युद्धमा ज्यान गुमाएकालाई शहिद घोषणा नगरिएको भन्दै परिवारका सदस्यले सरकारप्रति आक्रोस पोखेका छन् ।
शसस्त्र क्रान्तिका कमाण्डर तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अघिनै शहिद तथा बेपत्ता परिवारका सदस्यहरुले क्रान्तिको नेतृत्व गरेको दल सत्तामा पुगेर पनि शहिद घोषणा गर्न नसकेको प्रति अक्रोस व्यक्त गर्न थालेका छन् ।
दाहालको प्रमुख आतिथ्यतामा वाईसीएलले पेरिसडाँडामा विहीबार बिप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आयोजना गरेकै दिन शहिद तथा वेपत्ता पारिएका परिवारका सदस्यको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा पार्टीले शहिद र पेवत्ता परिवारको समस्यालाई संवोधन नगरेको भन्दै आक्रोस पोखेका थिए ।
माओवादीले शुरु गरेको जनयुद्धमा आफ्ना २ छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतले प्रहरीलाई नेकपा नेतृत्वको सरकारले शहिद घोषणा गरेर जनयुद्धमा ज्यान गुमाएकालाई भने के गद्धार घोषणा गर्न लागेको हो ? प्रश्न गरे ।
बस्नेतले माओवादी युद्धमा ज्यान गुमाएका बेपत्ता पारिएका परिवारका सदस्यले माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारलाई भोट हालेपनि उनीहरुलाई सत्तामा गएपछि बिर्सने गरेको गुनासो गरे ।
उनले अहिले नेकपामा दुई खालका कार्यकर्ता रहेको दृष्टान्त प्रस्तुत गर्दै एकखाले माओवादीबाट आएका कार्यकर्ताहरुमा पनि दुईवटा बर्ग रहेको बताए । उनले युद्धमा ज्यान गुमाएका र परिवारका सदस्य गुमाएका माओवादीहरुको अनुहार चाहुरी परेको र ओठमा हाँसो हराएको दाबी गरे । उनले माओवादीमै लागेर असाध्यै धन कमाएकाहरु रातो पिरो अनुहार भएको प्रष्ट चिनिने गरेको बताए ।
आफूले पार्टी एक हुन्न भन्ने बिश्वासमा नेकपा एमालेबाट उम्मेदवार बनेका केपी शर्मा ओलीलाई भोट हालेपनि सत्तामा गएर हाम्रा छोरा, छोरीलाई युद्धमा मार्ने प्रहरीलाई शहिद घोषणा गरेपनि जनयुद्ध लडेका जनताका छोराछोरीलाई भने बेवास्था गरेको गुनासो गरे ।
मुलुकमा परिवर्तनको लागि ११ हजारको ज्यान बलिदानी दल नेकपा माओवादीसँग संसदीय राजनीतिमा करिब अढाइ दशक अनुभव लिएको नेकपा एमालेसँगको एकताले समेत जनयुद्धका शहिदलाई संवोधन नगरेको उनीहरुको बुझाइ छ ।
तत्कालिन नेकपा एमालेबाट नेकपामा आएका नेताहरुप्रति लक्षित गर्दै बस्नेतले २५ जनालाई मात्र शहिद मान्ने शक्ति मिसिएको भन्दै शहिद घोषणा गर्न नसक्ने हो भने प्रष्ट पार्न अध्यक्ष प्रचण्डलाई चुनौति दिए ।
द्वन्द्वकालका घटना छानबिन र अध्ययन गरी कारवाहीको सिफारिस गर्न सरकारले चार बर्षअघि गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले डलर खानेभन्दा बढी काम गर्न नसकेको आरोप बस्नेतको थियो । माओवादी जनयुद्धका शहिद र बेपत्ता पारिएका परिवारका सदस्यलाई सान्त्वना दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू १० बर्षअघि प्रधानमन्त्री हुँदै जनयुद्धमा मारिएका र वेपत्ता भएकालाई शहिद घोषणा गर्ने प्रयास गरेको दाबी गरे ।
शहिद र वेपत्ता पारिएका परिवारका सदस्यको आक्रोसलाई मत्थर पार्न प्रचण्डले २०६५ सालमा आफू प्रधानमन्त्री हुँदा जनयुद्धका सबै सहिदलाई शहिद घोषणा गर्न मन्त्रिपरिषद्बाटै निर्णय गरेको दाबी गर्दै कर्मचारीले कार्यान्वयन गर्न नदिएको बताए ।
उनले कर्मचारीले राजपत्रमा शहिदको सूचना सार्वजनिक नगरेको मात्र हो भनी पन्छिए । उनले शहिदका परिवारका सदस्यलाई जनही १० लाख रुपैयाँ दिइसकिएको र अब क्षतिपूर्ती र परिपुरणवापत पनि थप सहयोग गर्ने बताए ।
उनले शहिदका परिवारलाई परिचयपत्र दिइसकिएको र शहिदका परिवारलाई रोजगारी दिने कार्यक्रम सरकारले छिटै घोषणा गर्ने बताए । उनले अहिले दुई तिहाई बहुमतको सरकार भएको बेलापनि जनयुद्धका शहिदलाई शहिद घोषणा गर्न नसके त्यसपछि झन् जटिल हुने बताएका थिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार नगर्ने तत्व अझै सक्रिय रहेकोले सचेत हुन समेत आव्हान गरे ।
नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईले पार्टी एकताको घोषणा कार्यान्वयनमा ढिलाइ भएकोले पार्टीका करिव ८–१० लाख कार्यकर्ताले जिम्मेवारी नपाएको गुनासो गरे । उनले सरकार जति लोकप्रीय भयो, त्यतिनै अतिवाद र विखण्डन चाहनेलाई निस्तेज बनाउन सकिने भन्दै सरकार अलोकप्रीय बन्दै गरेको गुनासो गरे । उनले जनयुद्धको समयमा ज्यान गुमाएका र वेपत्ता भएकाको परिवारलाई पार्टीले हेर्नु पर्ने बताए ।
करिव दुई सय सदस्यको उपस्थिति रहेको कार्यक्रममा जर्नयुद्धको समयमा परिवारका सदस्य गुमाएकाहरुलाई वाईसीएल काठमाडौं, ललितपुर र भक्तपुर कमिटिले सो सम्मान आयोजना गरेको थियो । केही समयअघि जनयुद्धका घाईते र वेपत्ताका परिवारका सदस्यहरुले आफूहरुलाई रोजगारीको ग्यारेण्टी गर्न वा पार्टीमा कुनै अवसर दिन माग गर्दै धर्ना र ज्ञापन पत्र बुझाएका थिए ।
नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएको १० महिना वितिसक्दा पनि कुनै पनि भातृ संस्थाको एकता हुन सकेको छैन । नेकपाको केन्द्रीय कार्यालय भनिएको पेरिस डाँडामा पूर्वमाओवादीका कार्यकर्ता र नेता वाहेक यूवा संघका अध्यक्ष रमेश पोडेल, नेता योगेश भट्टराईको मात्र उपस्थिति थियो ।
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...