इच्छा विपरीत रंग दले सार्वजनिक मुद्दा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

इच्छा विपरीत रंग दले सार्वजनिक मुद्दा

काठमाडौं । चैत्र ६ गते अर्थात् बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजनासँगै प्रहरीले उक्त योजना गरेको जानकारी दिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गर्ने बताए । लामाले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

‘हामीले एउटा कार्ययोजना अनुसार होलीको दिन काठमाडौंमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी फिल्डमा खटिने भएका छन् । ‘सकेसम्म होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने कुरामा हाम्रो प्रयास रहनेछ ।’ होलीलाई लक्षित गरेर उपत्यकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि गर्ने भएको छ ।

विगतका वर्षझैं साता अघि नै होली खेल्ने क्रम अहिले नेखिएको बताउँदै बुधबार पनि सौहार्दपूर्ण वातावरणमा होली मनाइने आशा व्यक्त गरे । जसका लागि पर्याप्त मात्रामा तयारी गरिसकेको उनको भनाइ छ ।

‘

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ चैत्र ५, १०: ३०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ चैत्र ५, १०: ३०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ चैत्र ५, १०: ३०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...