नेता शेखर कोइराला र अर्थविदबीच छलफल – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

नेता शेखर कोइराला र अर्थविदबीच छलफल


नयाँ विकल्प,

काठमाडौं- देशको वर्तमान आर्थिक अवस्थाबारे नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सम्बन्धित क्षेत्रका बिज्ञहरुसँग छलफल गरेका छन् । सोमबार काठमाडौंको होटल मल्लमा कोइरालाले बिज्ञ तथा विश्लेषकहरुसँग छलफल गरेका हुन् ।

कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. गोबिन्दराज पोख्रेल, पूर्व प्रशासक डा. बिमल कोइराला, अर्थविद् डा.अच्युत वाग्ले, नरेशकुमार श्रेष्ठ र अर्थराजनीतिक विश्लेषक पुरञ्जन आचार्य सहभागि थिए ।

छलफलका क्रममा अर्थविद्हरूले देशको राजनीतिक र आर्थिक क्षेत्र चिन्ताजनक मोडमा पुगेको भन्दै समयमै सचेत नभए दुर्घटनामा जानसक्ने बताएका थिए ।

उनीहरुले देशको अर्थव्यवस्था यो अवस्थामा आउनुको मुख्य कारक अर्थमन्त्री जनार्दन शर्मा रहेको र उनलाई वर्खास्त नगर्दा यसको दोष कांग्रेसको काँधमा आएको बताएका थिए ।

देशको राजनीतिक र आर्थिक अवस्था ठिक नभएकाले समयमै सचेत भएर अहिलेका अर्थमन्त्रीलाई लिएर चुनावसम्म जान नहुने भन्दै उनीहरुले गएमा मुलुकको अर्थव्यवस्था धेरै नराम्रो अवस्थामा पुग्ने सुझाव दिएका थिए ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ असार १३, २१: १८

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ असार १३, २१: १८

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ असार १३, २१: १८

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...