साल्ट ट्रेडिङ्गको शेयर धनीले १०% लाभाशं र २५% बोनश पाउने – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

साल्ट ट्रेडिङ्गको शेयर धनीले १०% लाभाशं र २५% बोनश पाउने

काठमाडौं । नेपालको निकै पुरानो प्राईभेट पार्टनरसिपको कम्पनी साल्ट ट्रेडिङ्ग लिमिटेडले गत सोमबार आफ्नो ५२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साल्ट ट्रेडिङ्ग लिमिटेडले आफ्ना शेयर धनीहरुलाई १० प्रतिशत लाभाशं र २५ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।

सबैभन्दा पुरानो संस्थाले आफ्नो ५२औं साधारणसभा मनाईरहँदा उक्त संस्थाले हालसम्म के–कस्ता कामहरु गरेरका छन् तिनका बारेमा पनि सर्वसाधारणलाई जानकारी गराउनु सम्बन्धित संस्थाको कर्तव्य भएको हुँदा उक्त कर्पोरेशन सञ्चालक समितिका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गर्दै आ.व. २०७४÷०७५ मा रु ९ अर्ब ६९ करोड बराबरको कारोबार गर्दा १ अर्ब १० करोड ८१ लाख मुनाफा आर्जन गर्न सफल भएको हुँदा शेयर धनीहरुलाई ३५ प्रतिशतसम्म वोनस लाभाशं बाड्न सफल भएको बताए ।

उक्त साधारण सभामा अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल सरकारबाट निर्देशन पालना गर्दै सामाजिक उत्तरदायित्व निभाउँदै लागत मूल्यभन्दा पनि कम मूल्यमा सामान बिक्री वितरण गरिरहेको बताए । सामाजिक उत्तरदायित्व र उपभोक्ताको मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग लिमिटेडले दैनिक उपभोग्य सामग्रीहरुको सुपथ पसलहरुबाट आयोडिनयुक्त नुन, चिनी, दाल, चामल, तेल लगायत गेडागुडीका सामान सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।

यसको अलावा आयोडिनयुक्त नुन देशैभर पु¥याउने काम पनि साल्ट टे«डिङ्ग लिमिटेडले गरिरहेको र नुन ढुवानीमा निकै घाटा बेहोरिरहेको छ । नेपालको विकट स्थानहरुमा आयोडिनयुक्त नुन पु¥याउन निकै कठिन अवस्था हुँदाहुँदै पनि साल्ट ट्रेडिङ्गले ढुवानी गरी नुन वितरण गर्दै आएको छ । त्यसैगरी अत्याधिक मात्रामा खपत हुने चिनीमा पनि सरकारको कोपभाजन हुँदै आएको छ । सरकारले चिनी मिलहरुलाई दिने अनुदानले गर्दा चिनी मिल र सरकारी कर्मचारीको मिलोमतोमा आर्थिक चलखेलले प्रसय पाउँदै आएको छ ।

त्यसैगरी साल्ट टे«डिङ्ग लिमिटेडले अत्यावश्यक सामानहरुमध्ये ग्याँस समेत सुलभ तरिकाले बिक्री वितरण गर्दै आइरहेको छ । बेलाबेलामा हुने ठुला व्यापारीहरुको सिण्डिकेट र कालोबजारीबाट नेपाली उपभोक्ताहरु ठगिदै आईरहेका छन् । तर साल्ट ट्रेडिङ्गबाट बिक्री वितरण हुने त्यस्ता अत्यावश्यक सामग्रीहरु सर्वसाधरणहरुलाई सुपथ र सुलभ किसिमबाट बिक्री वितरण गर्दै आएको छ । २०२० सालमा प्राइभेट कम्पनी दर्ता भई हालसम्म निरन्तर रुपबाट अति उपभोग्य सामग्री बिक्री वितरण गर्दै आइरहेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन सरकारको स्पष्ट निती नहुँदा बेलाबेलामा सम्बन्धीत मन्त्रालय र अर्थ मन्त्रालयको कोपभाजनमा पर्ने गरेको छ ।

जसले कि गएको २०७२ सामा महाभूकम्पले क्षतिविक्षत भएको जनताको घर तथा पौराणिक संरचना र सरकारी स्कुल पुनःनिर्माण गर्न भनी सरकारकै निर्देशनमा छिमेकी राष्ट्रको एउटा कम्पनीसँग खरीद गरिएको ५०औं करोडको जस्तापाता थन्क्याएर राख्नुपरेको छ ।
त्यसैगरी उपत्यकाबाट प्रकाशित हुने ठुला ब्रोसिटका पत्रपत्रिकाका लागि पनि साल्ट्र ट्रेडिङ्ग कर्पोरेशनले न्यूजप्रिन्ट, कागज सुलभ तरिकाबाट बिक्री वितरण गरिरहेको छ ।

अधिकांश ठुला मिडियाले साल्ट टे«डिङ्ग कर्पोरेशनबाट झिकाइएको न्यूज प्रिन्ट कागजमा पत्रिका प्रकाशित भईराखेका छन् । एकमात्र आफुलाई ठुलो मिडिया हाउस भन्नेले मात्र उक्त पेपर खरिद नगर्ने र आफै एलसी मार्फत मगाउने हुँदा साल्ट टे«डिङ्गको उक्त न्यूजप्रिन्ट बिक्री वितरण बन्द गराउन यसभन्दा अगाडि ठुलै चलखेल गरेपनि सफल नभएको भुक्तभोगीहरु बताउँछन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ चैत्र १८, ०९: २९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ चैत्र १८, ०९: २९

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ चैत्र १८, ०९: २९

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...