बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका छन् । उनले मृतक परिवारलाई ५÷५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताउँदै हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।
फेटा–६ बरैनिया पुगेर आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट संबोधन गरेका छन् । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी विभिन्न राजनैतिक दलका शीर्ष नेताहरु अहिले पीडितहरुको घरघरमा पुगेर राहत लगायत अत्यावश्यक कार्यमा व्यस्त भएका छन् । काँग्रेस संघीय सांसदले २ दिनको तलव, नेपाल कम्युनिष्ट पार्टीले १ दिनको तलव, राजपा नेपाल– ५ लाख, प्रदेश ३ सरकार– १ करोड, प्रदेश २ सरकार– मृतकका परिवारलाई ३ लाख, शेरबहादुर देउवा– २५ लाख, डा. बाबुराम भटट्राई– १५ दिनको तलव, विमलेन्द्र निधीसहित काँग्रेस प्रदेश २ का सांसद–१० लाख, एकनाथ ढकाल–५० लाख, रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– सोमबारमात्रै २ लाख बढि वितरण गरेका छन् । राहत दिने काम अझै बाँकी रहेको त्यहाँका स्थनीय संवाददाताले जानकारी दिएका छन् ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...