प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन तथा दौड प्रतियोगिता– २०७४ हुँदै – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन तथा दौड प्रतियोगिता– २०७४ हुँदै

नेपालको समग्र खेलकुदको विकासको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा राष्ट्रको ख्याति बढाउनको लागि नेपाली सेनाले विशेष योगदान पु¥याउँदै आएको छ । राष्ट्रको खेलकुदको बिकासमा थप टेवा पु¥याउने उद्धेश्य अनुरुप महाशिवरात्री तथा सेना दिवस २०७४ को उपलक्ष्यमा नेपाली सेनाले मिति २०७४ माघ २७ गते शनिबार “प्रधानसेनापति तेश्रो खुल्ला म्याराथन दौड प्रतियोगिता– २०७४” आयोजना गर्न लागेको छ । नेपाली सेनाले रन फर रनको रुपमा ूग्ल्क्ष्त्भ्म् ध्भ् क्त्ब्ल्म्(ऋइःभ् क्त्ब्ल्म् ध्क्ष्त्ज् ग्क्ू त्जझभ मा आधारित रही सञ्चालन गर्ने उक्त म्याराथन तथा अन्य दौडहरु सोही दिनको बिहान ०७०० बजे सैनिक मञ्च, टुडिंखेलबाट शुरुभई काठमाण्डौं उपत्यकाको भक्तपुर, महाराजगञ्ज लगायत विभिन्न स्थानभई सोही स्थानमा समापन गर्ने नेपाली सेनाले बतएको छ ।
उक्त प्रतियोगिता अन्तर्गत, म्याराथन ४२.१९५ कि.मि. (पुरुष) खुल्ला, हाफ म्याराथन (२१ कि.मि.महिला÷पुरुष) खुल्ला, १० कि.मि. (सैनिक सहचारी÷विदेशी र सैनिक अधिकृतहरु), ५ कि.मि.(सैनिक बिद्यालयका छात्र÷छात्रा र नेपाली सेनाका सकलदर्जाका छोराछोरीहरु), ५ कि.मि. वाकाथन (नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निजामती उच्च पदाधिकारीहरु) गरी पाँच विधाहरु समावेश गरिएको छ । खेलाडीहरुको मनोबल उच्च राख्न एवम् थप हौसला प्रदान गर्न नेपाली सेनाले विजेता खेलाडीहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको छ । यस किसिमको प्रतियोगिताले नागरिक(सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै राष्ट्रको समग्र खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको बताइएको छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७४ मंसिर २५, ०९: २०

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७४ मंसिर २५, ०९: २०

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७४ मंसिर २५, ०९: २०

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...