देशैभरका पत्रकारहरु सरकारविरुद्ध आन्दोलनमा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

देशैभरका पत्रकारहरु सरकारविरुद्ध आन्दोलनमा

तत्काल सच्याउँछौंः मन्त्री बाँस्कोटा

काठमाडौं । “पत्रकारिता साइबर अपराध होइन, बिद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, प्रेसमाथिका सबै खाले ज्यादती बन्द गर, प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर” भन्दै देशभरका पत्रकारहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रले देशैभरका जिल्ला शाखाहरुलाई हिजोमात्र पत्र पठाइ देशव्यापी आन्दोलनको तयारी गर्ने गरी आजको धर्ना कार्यक्रम शुरु गरेको हो । यसैबीच नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर, भक्तपुर लगायत देशैभरका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना कार्यक्रमसमेत गरेका थिए ।

सरकारले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै देशैभरका पत्रकारहरु आन्दोलनमा होमिएका छन् । यसैबीच विद्युतीय कारोबारको दफा आकर्षित भयो भन्दै प्रहरीले पोखराका पत्रकार अर्जुन गिरीलाई गिरफ्तार गरेपछि देशैभरका पत्रकारहरु त्रसिद भएका छन् ।

प्रेस बिरोधी गतिबिधि तत्काल सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा भएको आन्दोलनलाई देशैभरका पत्रकारितासँग सम्बन्धित संघ–संघ–संस्थाको साथ रहेको छ । यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई ध्यानाआकर्षण पत्र बुझाइएको छ ।

महासंघको केन्द्रीय नेतृत्वमा रहेका उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, सदस्यहरु एम विरही, जन्मदेव जैशी लगायत वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ध्यानाआकर्षण पत्र बुझ्दै मन्त्री बाँस्कोटाले पोखराका अर्जुन गिरीलाई प्रहरीले गिरफ्तार गर्नु दुखद् घटना भएको हुँदा हामीले तत्काल छुटाउने प्रयासमा लाग्दालाग्दै पनि प्रहरीले अदालतमा मुद्दा पेश गरेका कारण ढिलो भएको प्रेस काउन्सिल नेपालबाट गलत सूचना गएको हुँदा सच्याउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी वर्तमान अवस्थामा स्वरोजगार मिडियामा पर्न गएको असुविधाप्रति पनि सरकारको ध्यानाआकर्षण भएको हुँदा तत्काल नयाँ सर्कुलर गरेर मिलाउँदै जाने र सो व्यवस्थालाई कानुनबाटै सच्याउनुपर्ने हुँदा आउने संसदमा सो कुराको ग्यारेन्टी गर्नका लागि मन्त्रालय लागि परेको बताए ।

लगानी र जनशक्तिको मध्यनजर गर्दै त्यस्ता कमीकमजोरीलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । साथै समाचार लेखेकै भरमा प्रहरीले पत्रकारहरुलाई धरपक्कड गर्न नपाउने व्यवस्था पनि तत्काल मिलाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबीच पोखराका पत्रकार अर्जुन गिरीलाई आज सम्मानित जिल्ला अदालत काठमाडौले विना धरौटी रिहा गरिदिएको छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ बैशाख ५, १२: ५७

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ बैशाख ५, १२: ५७

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ बैशाख ५, १२: ५७

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...