११ महिनादेखी नेकपाका नेता बेरोजगार – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

११ महिनादेखी नेकपाका नेता बेरोजगार

काठमाडौं । सत्तारुढ नेकपाका साडे चार सय केन्द्रीय सदस्य ११ महिनादेखि बेरोजगार भएका छन् । ११ महिनासम्म पार्टीले कुनै पनि केन्द्रीय सदस्यलाई केही पनि जिम्मेवारी नदिएपछि बेरोजगार बनेका हुन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि भागबण्डा नमिल्दा अझै एकता प्रक्रियाले पूर्णता पाएको छैन । २०७५ साल जेठ तीन गते दुवै पार्टीबीच एकता हुँदा एक पटक केन्द्रीय कार्य समितिको बैठक बसेको थियो ।

त्यसपछि केन्द्रीय कमिटीको बैठक समेत बस्न सकेको छैन । नेताको कार्यभार र जिम्मेवारी नतोकिँदा सत्ताको अवसर पाएकाहरु खुसी छन भने सत्ताको अवसर र सरकारमा बस्न नपाएकाहरु नेतृत्वप्रति रुष्ट बनेका छन् ।

सरकारका हरेक क्रियाकलापको बिरोध गर्दै आएका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल यतिवेला नेकपा नेतृत्वको सरकार कट्टर बिरोधीमा रुपमा देखिएका छन् ।

पार्टी र पार्टीका जिल्ला, भातृ र शुभेच्छुक संस्थाको एकताको लागि रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलबीच बिबाद हुँदा कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन । बादल र विवादस्पद महासचिव बिष्णु पौडेलले कार्यदलका अन्य सदस्यको राय र भावना विपरित कार्य गरेको भन्दै अन्य सात सदस्यले विरोध जनाएका थिए ।

कार्यदलले औपचारिक रुपमा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि सचिवालयले नै पार्टी एकताको जिम्मेवारी लिएको थियो । तर सचिवालयको नाममा अध्यक्षद्धय केपी शर्म ओली र पुष्पकमल दाहाल प्रचण्डले एकलौटी गरेपछि अर्का बरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टी जनाएका थिए ।

नेपालले अध्यक्षद्धयको एकाधिकारलाई तोड्न र उनीहरुको प्रस्तावप्रति असहमति जनाउँदै छुट्टै प्रस्ताव लैजाने निष्कर्ष निकालेपछि ओली र दाहाल यतिवेला नेपाललाई मनाउन लागिपरेका छन् ।

तर उनीहरुको यो प्रस्तावलाई नेता नेपालले सजिलै पत्याउनेवाला छैनन् । १० लाख पार्टी सदस्य रहेको नेकपामा पार्टी एकता भएको एकबर्ष बितिसक्दा पनि एकता प्रक्रिया टुंगामा नपुगेपछि कार्यकर्ता र नेतामा निरासा छाएको छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ बैशाख ११, ०५: ४५

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ बैशाख ११, ०५: ४५

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ बैशाख ११, ०५: ४५

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...