
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्प दिवसको अवसरमा बिहीबार दिउँसो २०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माण भइरहेको स्थानहरुको अवलोकन गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरहरुको समेत निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीले बसन्तपुर दरबार क्षेत्रमा रहेको शिव मन्दिरको उद्घाटन गर्नुका साथै पुनर्निर्माण भइरहेको काष्ठमण्डपमै पुगेर अभिवादन गरी पुनर्निर्माणमा भइरहेको प्रगतिप्रति खुशी समेत व्यक्त गरे ।
प्रधानमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वाताले पनि चिनाउनु पर्ने र नेपालीहरु विद्र्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपाललाई विद्र्वान्हरुको देश भनेर पनि चिनाउनुपर्छ । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा बोल्दै ओलीले, केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरु २० महिनाभित्र पुनर्निर्माण भइसक्ने बताएका छन् ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...