
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक वत्तिको महसुल बापत नेपाल विद्युत प्राधिकरणलाई एक अर्ब १३ करोड रुपैयाँ भुक्तानी गर्न आनाकानी गरेको छ । नेपाल विद्युत प्राधिरकणमार्फत अर्थ मन्त्रालयमा पेश हुने काठमाडौं महानगरका सडक वत्तिको बिल भुक्तानीको लागि सहमति दिन महानगरपालिकाले अटेरी गरेपछि प्राधिकरणका वितरण केन्द्रहरूमा महानगरपालिकाको बिजुली सुविधा काट्ने योजना बनाउन थालेको छ ।
काठमाडौं महानगरपालिकले २०७४ असारसम्म जरिवानासहित १ अर्ब १३ करोड बिजुली महसुल बुझाउन बाँकी छ । महानगरले सडक वत्ति बाल्ने तर, बिल नतिर्ने क्रम जारी रहेपछि प्राधिकरणले महसुल तिर्न तोकता गर्दै आएको बताएको छ ।
काठमाडौं महानगरबाहेक अन्य नगरपालिकाले पनि साढे ३ अर्ब बराबरको महसुल तिरेका थिएनन् । पछिल्लो समय प्राधिकरणले बक्यौता तिर्न दबाव दिएपछि स्थानीय सरकारले आफ्नो स्रोत नभएको भन्दै संघीय सरकारलाई गुहारेका थिए ।
संघीय सरकारले २०७४ सम्मको सडक बत्तिको महसुल अर्थ मन्त्रालयबाट भुक्तानी दिने निर्णय लिएको छ । तर, यसका लागि सम्बन्धित स्थानीय तहले प्राधिकरणलाई सहमति दिनुपर्छ । अरु स्थानीय तहले सडक वत्तिको महसुल भुक्तानीका लागि सहमति दिएका छन् । तर, काठमाडौं महानगरले भने अझै पनि बक्यौता भुक्तानीको सहमति दिन आनाकानी गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...