नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको रोष – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदको रोष

काठमाडौं । सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलका सांसदहरुले पनि आपत्ति जनाए । सत्तारुढ संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाए । उनले संविधान संशोधनको बिषयमा नीति तथा कार्यक्रममा उल्लेख नभएको र राष्ट्रपतिले मेरो सरकार भनी संवोधन भएको बिषयमा जानकारी नभएको बताए ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा फोरमका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले नीति दिएको अभिव्यक्तिबाट नीति तथा कार्यक्रम मन्त्रिपरिषद्मा छलफल र सल्लाहबिना नै ल्याएको रहेछ भनेर उनले सत्तारुढ दल भए पनि जानकारी नभएको भन्नुले सत्तारुढ नेकपासँग उसको सम्वन्ध चिसिँदै गएको बुझिएको छ ।

यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले नभए पनि पछि अन्तिममा मेरो सरकार भन्ने शब्द परेको भन्दै आलोलना गरेका थिए । सत्तारुढ नेकपा संसदीय दलको शनिबार बसेको बैठकमा समेत सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा र गणतन्त्रवादी युवा नेतृ रामकुमार झाँक्रीले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग भएको शब्दले नेकपाका कार्यकर्ताको शीर निहुरिएको बताएका थिए ।

तर उनीहरुलाई प्रधानमन्त्री ओलीले जे हुनु भइसक्यो अव विरोध र आलोचना गरेर केही उपलब्धी नहुने भन्दै चुपचाप समर्थन गर्न निर्देशन दिएका थिए । नीति तथा कार्यक्रमप्रति कांग्रेसका नेता डा मिनेन्द्र रिजालले बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा राजसंस्थाको झल्को दिने गरी नीति तथा कार्यक्रममा शब्द प्रयोग भएको बताए ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले नीति तथा कार्यक्रममा लगानी सम्मेलनबाट धेरै लगानी आएको छ भनेर उल्लेख गरिए पनि होली वाईन सम्मेलनबाट भित्र्याउँदै गरेको धर्मप्रचारको होलि वाईन इण्डष्ट्रि लेख्न छुटेको प्रतिक्रिया दिए । उनले संविधान संशोधन गर्न सहमति भएपछि आफूहरुले सरकारलाई समर्थन गरेको स्मरण गराउँदै संविधान सर्वस्वीकार्य नभएको बताए । सांसद राजेन्द्र महतोले संविधान बाईवल, कुरान, महाभारत र गीता नभएको भन्दै यो नीति तथा कार्यक्रम लेख्दा भांग खाएर लेखिएको हो भनी प्रश्न गरे ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ बैशाख २३, ०८: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ बैशाख २३, ०८: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ बैशाख २३, ०८: २७

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...