देउवालाई थापाको चुनौति – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

देउवालाई थापाको चुनौति

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मुलुकभर कांग्रेसले नराम्ररी हार व्यहोरी राखेको अवस्थामा झिनो आशाका रुपमा काठमाडौंमा प्रतिनिधि सभातर्फ चार सिट हात पार्न सफन भयो । काठमाडौं क्षेत्र नंं ४ बाट निर्वाचित कांग्रेस नेता गगन थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई कडा चुनौति दिएका छन् ।

चुनाव जितेको भोलिपल्टै नेता थापाले सभापति देउवालाई स्वेच्छाले पार्टी सभापतिबाट विश्राम लिन र केन्द्रीय सदस्य मात्रै भएर बस्न आग्रह गर्दै स्वेच्छाले पद नछोडे पार्टीभित्र हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । नेता थापाले पार्टीभित्र रहेका अन्य केही नेताहरुलाई पनि अब ‘मेनस्ट्रिम पोलिटिक्स’ बाट विश्राम लिएर अब युवा पुस्तालाई पार्टीभित्र निर्णायक भूमिकातिर जाने बाटो खुला गरिदिन पनि आग्रह गरेका छन् । उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका केही नेताहरुलाई समय सकिएको नेताहरु बताउँदै उनीहरुले पार्टी चलाउनुपर्छ भनेर बसिरहने हो भने कांग्रेस कही पनि नपुग्ने बताए । अब पनि कांग्रेसका शिर्ष नेतृत्वले जिम्ेमवारी त्याग गरेर युवा पुस्तालाई हस्तान्तरण नगरे कांग्रेस कहिल्यै पनि माथि उठ्न नसक्ने बताए । शिर्ष नेतृत्वले स्वेच्छाले त्यसो नगरे आफ्ना साथीहरुसँग मिलेर पार्टीभित्रै हस्तक्षेप गर्ने थापाले चुनौति दिएका छन् । साथै उनले तत्कालै नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन समेत माग गरेका छन् ।

कांग्रेसले यस पटक नराम्रो हार व्यहोर्नु परेको कारण नेतृत्वसँग विश्वासको कमी र गतिलो एजेण्डाको अभाव भएको पनि उनले बताए । कांग्रेसले गरेका राम्रा काम भन्दा पनि विवादित विषयले बढी प्रचारप्रसार पाएकोले पनि जनताले यसपटक कांग्रेसलाई नपत्याएका उनको धारणा छ । त्यसैले अब कांग्रेसभित्र टालटुले नीति र परिवर्तनले नहुने भन्दै गर्नुपर्ने आवश्यकता भएको बताए । यो विषयलाई आफूले पार्टीभित्रै बलियो एजेण्डा बनाएर संगठनिक रुपमै हस्तक्षेप गर्ने चेतावनी उनले दिएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७४ मंसिर २५, ०९: २८

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ मंसिर २५, ०९: २८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७४ मंसिर २५, ०९: २८

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...