
काठमाडौं । दिनदिनै बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि ‘पाँचौं युएन ग्लोबल रोड सेफ्टी विक २०१९’ अन्तर्गत मंगलबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल प्रहरीको सहकार्यमा मे ६ देखि १२ सम्म देशभर ट्राफिक सचेतनासम्बन्धी विभिन्न साताव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराम सापकोटाका अनुसार “विश्वव्यापी रुपमा बढिरहेको सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि एक सातासम्म देशका सबै ट्राफिक प्रहरी कार्यालय र सम्बन्धीत सबै पक्षको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएका बताए ।” हिजो सोमबारबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा पहिलो दिन एफएम रेडियोमा सडक सुरक्षासम्बन्धी अन्तक्र्रिया र दोस्रो दिन काठमाडौंस्थित शान्तिबाटिकामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, महाशाखा प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्त, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपनिर्देशक सरोज प्रधान, रोड सेफ्टी सोसाइटी अध्यक्ष कुशकुमार जेशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला उपस्थित रहेका थिए ।
“हाल विश्वभरमा १ वर्षमा सडक दुर्घटनाबाट प्रभावित हुनेको संख्या १२ लाख रहेको छ । जसलाई सन्् २०२० सम्म ५० प्रतिशतमा झार्नका लागि सडकसम्वद्ध अन्तर्राष्ट्रिय निकायहरुको लक्ष्य छ । जसमा नेपाल प्रहरीको समेत प्रतिवद्धता जनाउँदै सडक दुर्घटना न्यूनीकरणमा सप्ताह कार्यक्रमका साथ लागेको जनाइएको छ ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...