प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा ६८ योजनासहित अर्बौंको बजेट – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा ६८ योजनासहित अर्बौंको बजेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र ५ का चार स्थानीय तह दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिकामा ६८ योजनामा चालु आर्थिक बर्षभित्रै बजेट निकास दिनु भनी आफै अध्यक्ष भएको राष्ट्रिय योजना आयोगलाई पत्राचार गरेर जग हँसाई गरेका छन् ।

प्रधानमन्त्री ओली कति निर्वाचनमुखि क्षेत्रियतावादी हुन भन्ने उनको बजेट निकास र योजनाबाट प्रष्ट हुन्छ । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा बजेटको ओइरो मात्र होइन, आफने निर्वाचन क्षेत्रकालाई मात्र अवसर दिने गरेका छन् ।

त्यसैको उदाहरणका लागि अर्थमन्त्री, प्रदेश मन्त्री, महान्यायाधिवक्ता, उपसभामुख, संस्थानका अध्यक्ष, महाप्रवन्धक र सल्लाहकारको तीन दर्जन लामो सूची हेर्दा नै थाहा हुन्छ ।

वायुसेवा निगमको कार्यकारी अध्यक्षदेखि अन्य संवैधानिक परिषद्सम्मका व्यक्तिहरु झापा निर्वाचन क्षेत्र ५ बाटै मात्र अवसर पाउने गरेका छन् । ओलीले चालु आर्थिक वर्ष २०७६÷०७७ को बजेट तयारी भइरहेका बेला आफ्नै विभागीय मन्त्रीहरुलाई समेत चिठी लेखेका छन् । उनले झापा क्षेत्र नंम्वर ५ मा ६८ योजनाको सूची थमाएबाट प्रष्ट हुन्छ ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका आयोजनाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेर योजना आयोगमा पत्राचार गरेका हुन् ।

यसको बोधार्थ झापास्थित ५ नम्बर क्षेत्र सांसद सम्पर्क कार्यालयलाई समेत दिइएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा धेरैजसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित योजनाहरु माग गरिएका छन् । उक्त मन्त्रालय र आपत्कालीन उद्दार तथा बाढी–पहिरो रोकथामसमेत गरेर प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका २२ वटा आयोजना छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ११, युवा तथा खेलकुद मन्त्रालयका ७, सहरी विकासका ६, खानेपानीका ५, बैकल्पिक उर्जाका ५, जल तथा उत्पन्न प्रकोप ३, मझौला सिञ्चाईं ५, डिप ट्यूवेल ४, पुल ५, पर्यटन १५ र उर्जा मन्त्रालय २ गरी ९० वटा आयोजनाहरु प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव कुँवरले शहरी विकास मन्त्रालयलाई लेखिएको पत्रमा दमक भ्युटावरको योजनालाई प्राथमिता दिइएको छ । त्यो भ्यु टावरको लागत करिव दुई अर्ब रहेको छ । उनले दमकमा आधुनिक बहुतले बसपार्कको योजनासमेत आगामी बजेटमा समेट्नुपर्ने उल्लेख गरेका छ । दमकमा रेलिङदेखि लिएर अस्पताल निर्माणसम्मका योजना प्रधानमन्त्रीको सूचीमा समेटिएका छन ।

प्रधानमन्त्री ओलीको योजनाको सूचीमा गौरादह–सितापुरी–रंगपुर स्कूलचौन–चप्रमारी–दामुनी हुँदै खजुरगाछीसम्म २१ किलोमिटर सडक कालोपत्रे, दमक–बुद्धचोक–हिमाली मावी–ढुकुरपानी हुँदै मधुमल्लातर्फ जाने सडक कालोपत्रे, दमक–चक्रपथ–डे«ेन ग्रिलबेल्ट सहितको कालोपत्रे लगायतका १२ वटा सडक कालोपत्रे गर्ने योजना समेटिएको छ ।

ओलीले दमकमा विश्वकै सबैभन्दा अग्लो वुद्धको मुर्ति बनाउन पर्यटन बोर्डलाई समेत समावेश गरी बजेट निकासा दिन भनेका छन् । दमकको बेलडाँगीमा विश्वकै ठूलो बुद्ध मूर्ति बनाउने योजना समावेश गर्न आग्रह गरिए पनि त्यहाँ जग्गाको अधिग्रहण गरिसकिएको छैन ।

शहीद पार्क निर्माण, भूटानी शरणार्थी संग्राहलय, सतासीधाम पर्यटकी क्षेत्र, सुखानी पार्क निर्माणलगायत गरी १५ वटा आयोजनाहरु समावेश गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यसका अतिरिक्त प्रधानमन्त्रीले पठाएको पत्रमा निर्माण सम्पन्न भइसकेको सडकलाई भत्काएर दुइ लेनको बनाउने भन्दै सिफारिस गरिएको छ । पश्चिममा मोरंगको मावा र पश्चिममा कृष्णीखोला भित्र पर्ने करिव २० किलोमिटर क्षेत्रमा करिव दर्जन सडक निर्माणको लागि सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ बैशाख २४, ०७: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ बैशाख २४, ०७: १०

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ बैशाख २४, ०७: १०

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...