
काठमाडौं । सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विरुद्ध नेपालका पत्रकारितासँग सम्बन्धित संघ–संस्थाहरु सशक्त आन्दोलन गर्न तयार भएका छन् । यसैअनुरुप नेपाल प्रेस युनियनले आज गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ–संस्था लगायत पत्रकार महासंघ समेतको उपस्थितिमा आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हरिहर विरही, पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्य, प्रेस युनियनका पूर्व सभापतिहरु कुलचन्द्र वाग्ले, रमेश तुफान, समिरजंग शाहले जनमत तयार गर्दै सरकारले पेस गरेको विद्येयकका विरुद्ध लाग्न नेपाली सञ्चार माध्यमहरुलाई आव्हान गरे ।
त्यसैगरी इन्टरनेशनल सोसाइटी अफ उइक्ली न्युजपेपर एडिटर्स नेपाल च्याप्टरका अध्यक्ष कविर राणा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदर प्रसाद दवाडी, मिडिया नेपालका गोपाल पौडेल, नेपाल प्रेस सोसाइटीका केशव अर्याल, मधेशी पत्रकार समाजका मोहन सिंह, जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्ब्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र रावत, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला लगायतले मिडिया काउन्सिल विरुद्ध सडक संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...