
काठमाडौं । सरकारले मिडिया काउन्सिल सम्बन्धी विद्येयक संसद्मा दर्ता गरेपछि नेपालका सञ्चारकर्मीहरु चरणबद्ध आन्दोलनमा होमिदा पनि उल्टो पत्रकार महासंघमाथिनै विभिन्न आरोप लगाउँदै सरकार विद्येयक जर्बजस्ती संसद्मा पेस गर्ने रणनीतिमा लागेको छ ।
यसैअनुरुप नेपाल पत्रकार महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रम जेठ ३ गते बानेश्वरमा बृहत सभा गरी सम्पन्न गरेको छ । त्यसैगरी आइतबार बिहान सरोकारवालासँगको व्यापक छलफलपछि नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
जसअनुसारः जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श, जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म –सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते – सांसदहरुसँग भेट गरी छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने, जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २५ गते – अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने जनाएको छ भने मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गरिने महासंघले बताएको छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...