काँग्रेस भातृ संस्थाको बिना महाधिवेशन १५ वर्षसम्म टिक्ने टिके सभापतिहरु – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

काँग्रेस भातृ संस्थाको बिना महाधिवेशन १५ वर्षसम्म टिक्ने टिके सभापतिहरु

काठमाडौं । नेपाली कांग्रेसले अन्य संसदवादी र गैरसंसदवादी दललाई लोकतन्त्र र लोकतान्त्रिक आचरण तथा आवधिक निर्वाचन, ताजा जनादेश, संगठनको नियमित महाधिवेशनबाट नेतृत्व विकास हुनुपर्ने सैद्धान्तिक पाठ निकै पढाउने गर्छ ।

उसले प्रेस, स्वतन्त्रता, मानवअधिकार, संसदीय सर्वोेच्चता र न्यायिक स्वतन्त्रताको आवाज हरेक सन्दर्भमा जोड्दै लोकतान्त्रिक संस्कार र पद्धतिको अनुशरण गर्नुपर्ने वकालत गर्दै आएको पनि छ । तर, कांग्रेस आफैंले अधिकांश भ्रातृ संस्थाकोे महाधिवेशन गरेको छैन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यि भातृ संस्थाका सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको निगाह र संरक्षणमा बिधान विपरित महाधिवेशन नगरी हाईसन्चो काडेर बसेका छन् ।

यस्ता भाग्यमानी सभापतिको पछिल्लो र ज्वलन्त उदाहरण हो–नेपाल किसान संघ र आदिवासी जनजाति संघ । नेपाल किसान संघमा भानु सिग्देल २० वर्षदेखि सभापति भएर राजनीति गरिरहेका छन् । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच एकता हुँदा २०६४ सालमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान संघको सभापति भएका सिग्देललाई सोही जिम्मेवारी दिइएको थियो ।

नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर (आईबी) गुरुङ संघको सभापति भएको पनि १५ वर्षभन्दा बढी भएको छ । उनी तत्कालिन कांग्रेस प्रजातान्त्रिक निकटको आदिवासी जनजाति संघको सभापतिको हैसियतले दुवै भातृ संस्थाबीच एकता हँुँदा पुनः अध्यक्ष भएका हुन् ।

नेपाल प्रजातन्त्र सेनानी संघको १० वर्षअघिनै सभापति भएका टंकप्रसाद कँडेललाई ६ माघ २०६९ मा पार्टी केन्द्रीय कार्य समितिले म्याद थप गरिदिएपछि पुनः महाधिवेशन गर्ने आँट गरेका छैनन् । उनी तत्कालिन नेपाली कांग्रेसको भातृ संस्था प्रजातन्त्र सेनानी संघमा थिए ।

संघको २०६४ सालदेखि महाधिवेशन भएको छैन । नेपाल तामाङ संघका सभापति कवेलबहादुर लामा सभापति भएर राजनीति गरेको १० वर्ष भयो । ललितपुरका स्थायी वासिन्दा लामा तत्कालिन नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको सल्लाहमा २०६६ सालमा संघ स्थापना गरेदेखि हालसम्म सभापति छन् ।

नेपाल ठाकुर संघको सभापति अनिरुद्र ठाकुर हुन् । उनी ३१ वैशाख २०६७ सालदेखि संघको नेतृत्व गरिरहेका छन् । विधानअनुसार नेपाली कांग्रेसका हरेक भ्रातृ संस्थाको महाधिवेशन दुईदेखि तीन वर्षमा हुने गरेको छ । तर, धेरैजसो भ्रातृ संस्थाले महाधिवेशन नै गर्दैनन् । कहिले कोइराला गुट त कहिले देउवा गुट निकट मानिएका ठाकुर झापा गौरादहका स्थायी वासिन्दा हुन् ।

पार्टी केन्द्रीय सदस्य भएका मीन विश्वकर्मा र लक्ष्मी परियार कांग्रेस भ्रातृ संस्था नेपाल दलित संघको सभापति र महासचिव हुन् । प्रत्येक दुई वर्षमा हुनुपर्ने महाधिवेशन यथोचित र मुनासिव कारण देखाएर १ वर्ष थप गर्न पाइन्छ । तर, १९ देखि २३ फागुन २०५९ सम्म भएको महाधिवेशनबाट अध्यक्ष भएका विश्वकर्मा र परियारले ६ वर्ष वितिसक्दा पनि महाधिवेशन गराएका छैनन् ।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ २०६६ सालमा स्थापना भएदेखि भोजराज श्रेष्ठ सभापति छन । तर, उनले पनि निर्धारित समयमा महाधिवेशन गरेका छैनन । तत्कालिन संस्थापन पक्ष अर्थात कोइराला गुट र समूहको समर्थनमा संघको सभापति भएका श्रेष्ठले महाधिवेशन नगरको भने १० बर्ष हुन लागेको छ ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७६ जेष्ठ ६, ०८: १५

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७६ जेष्ठ ६, ०८: १५

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ जेष्ठ ६, ०८: १५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...