ठूला मिडियाबाट धमाधम बाहिरिए पत्रकार – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

ठूला मिडियाबाट धमाधम बाहिरिए पत्रकार

काठमाडौं । व्यवसायिक पत्रकारिताको नाममा आफूलाई ब्रान्डिङ गर्दै समाजमा पाठक, श्रोता र दर्शकलाई आकर्षित गर्दै आएका ठूला लगानी सञ्चारमाध्यमबाट पत्रकारहरु धमाधम वाहिरन थालेका छन् । ठूला मिडियामा जान र काम गर्न धेरै इच्छा र लक्ष्य राख्ने पत्रकारहरु यतिवेला अनलाईन मिडियामै बढी आकर्षित हुने गरेका छन् । तर पनि ठूलो लगानीका भनिएका मिडिया हाउसबाट भने पत्रकारहरु वाहिरिने क्रम जारी छ । यहाँसम्म कि ठूला मिडियालाई अनुभवी र स्थापित पत्रकार पाउनै छोडेका छन भन्दा पनि फरक पर्दैन । धेरै पुराना र पाका पत्रकार मात्र ठूलो लगानीका दैनिक, टिभि र अनलाईनमा छन् ।

उपत्यकाका रेडियोमा पनि नयाँ अनुहारले मात्र प्रवेश पाउने गरेका छन् । ठूलो मिडिया हाउसमा काम गर्दा निकै व्यसायिक भइने भ्रम पालेर नेपाल रिपब्लिक मिडिया प्रा.लि. अन्र्तगत अनलाइन संस्करण नागरिक न्यूज डटकममा गएका अन्नपूर्ण पोष्टका पूर्वसम्पादक राजाराम गौतमसहित ८ जना पत्रकार विगत ५ महिनादेखि कार्यरत थिए । तर आफुहरुले तीन महिनाभन्दा बढी समयदेखि तलब नपाएको गुनासो गर्दै उनीहरुले गत साता मात्र सामूहिक राजिनामा दिएका छन् ।

नागरिकले महिना मरेको चार महिनापछि मात्र तलव दिने गरेकोले चाँडो तलव दिन आग्रह गर्दा समेत व्यवस्थापनले वास्ता नगरेपछि राजिनामा दिनु परेको एक पत्रकारले बताए । यसरी रिपब्लिक मिडिया प्रालिको अनलाईन संस्करण नागरिक न्युज डटकमबाट राजिनामा दिनेमा सम्पादक गौतमसहित लक्ष्मण श्रेष्ठ, धीरज कुमार, किरण दाहाल, पुरुषोत्तम पौडेल, चिरञ्जीवी घिमिरे, सन्तोष धिताल र जीवन कुँवरले संयुक्त राजीनामा दिएका छन् ।

नागरिक दैनिकले समयमै तलव दिन छाडेपछि एक महिनाअघि मात्र जिल्ला व्यूरो प्रमुख छत्र कार्की, राजनीतिक व्युरोका प्रकाश तिमल्सीना, आर्थिक ब्युरोका विष्णु वेल्वासे, विष्णु तामाङ लगायतले राजिनामा दिइसकेका छन् । एक नम्वरको मिडिया हाउस दावी गर्ने कान्तिपुर दैनिकले पनि अनलाईनको भन्दा थोरै तलव दिन थालेपछि पत्रकारहरु धमाधम निस्किन थालेका छन् ।

दुई साता अगाडि मात्रै कान्तिपुर दैनिकको डेक्सबाट अमृत दाहालले राजिनामा दिएका थिए भने एक महिनाअघि नेपाल म्याग्जीनबाट भिषा काफ्लेले राजिनामा दिएका थिए । दुई महिनाअघि दैनिकबाटै मकर श्रेष्ठ, कान्तिपुरको साप्ताहिकबाट नरेन्द्र रौलेले पनि राजिनामा दिएका छन् । अन्नपूर्ण दैनिकबाट पनि पत्रकारले बिदा लिएका छन् । अन्नपूर्णबाट ज्ञानेन्द्र खड्का, छेटु शेर्पालगायत पत्रकार बाहिरिएका छन् ।

आफूलाई एक नम्वरको अनलाईन न्युज पोर्टल भएको दाबी गर्ने अनलाईन खबर डटकमका संचालक धर्मराज भूषालले लगानी गरेको हिमालय टिभिबाट पनि पत्रकारले बिदा लिन थालेका छन् । झूर व्यवस्थापनका कारण केही पत्रकारलाई राजिनामा दिन दबाब दिइएको थियो भने केही पत्रकारले राजिनामा दिइसकेका छन् ।

अर्थब्युरोका सुमन शर्मा, पोलिटिकल व्युरोका निमेश कुमार यादवले एक महिनाअघिनै हिमालय टिभि छोडिसकेका छन् भने मोनिका खतिवडा, अञ्जना कट्टेल, ज्ञानेन्द्र महतले दुई महिनाअघिनै बाईबाई गरे । एक सातामात्र पोलिटिकल विटका लिलाराज खनालले पनि राजिनामा बुझाएका छन् । फरेन बिटकी सरस्वती कर्मचार्यलाई काम गर्ने वातावरण नदिइ राजिनामा गर्न भनिएपछि त्यहाँ सम्पादक, व्यवस्थापन र संचालकबीच त्रिपक्षीय लफडा परेको छ । नयाँ पत्रिका दैनिकमा अर्थ व्यूरोमा कार्यरत अचुत पुरीले राजिनामा बुझाएका छन् ।

दुईवर्षे कार्यकाल भएको नेविसंघको कार्यकाल तीनपटकसम्म थपे पनि महाधिवेशन हुन नसकेपछि गत २८ माघमा राजीनामा दिन लगाएर भंग गरियो । अढाइ वर्षअघि महाधिवेशन भएको नेपाल तरुण दल चार पदाधिकारीमा सीमित छ । १३ वटा भ्रातृ संस्थामध्ये महिला संघ, मुस्लिम संघ र मगर संघको मात्र नियमित वा निर्धारित समयमा महाधिवेशन भएको छ ।
१७ वटा शुभेच्छुक संस्था रहेको कांग्रेसका चार वटाले मात्र नियमित महाधविशेन गरेका छैनन् ।

नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवा खल र नेपाल प्रेस युनियनले पनि निर्धारित समयमा महाधिवेशन गरेका छैनन् । नेविसंघले निर्धारित समयमा महाधिवेशन गर्न नसकेको आरोपमा नैनसिंह महरलाई राजिनामा दिन बाध्य बनाइए पनि प्रेस युनियनमा भने त्यस्तो दबाब छैन् । वरिष्ठ उपाध्यक्ष दीपक आचार्य नेता रामचन्द्र पौडेल निकट र महासचिव अजय शिवाकोटी युवा नेता गगन थापा निकट भएका कारण निर्धारित समयमा महाधिवेशन गर्न पार्टी नेतृत्वले दबाब दिन सकेको छैन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल शिक्षक संघ, नेपाल सांस्कृतिक संघ र नेपाल प्रेस युनियनलाई भने पार्टीले शुभेच्छुक संस्थाका रुपमा लिएको छ । शुभेच्छुक संस्था भए पनि यी संस्थाबाट कांग्रेसमा महाधिवेशन प्रतिनिधिका रुपमा प्रतिनिधित्व गर्ने वैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ जेष्ठ ६, ०८: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ जेष्ठ ६, ०८: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ जेष्ठ ६, ०८: १६

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...