मिडिया, सुरक्षा अंग र मानवअधिकारमाथिको सरकारी हस्तक्षेपविरुद्ध उत्रियो कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैशाख २५ बाट शुरु गरेको राष्ट्रिय जागरण अभियान देशब्यापी भएको छ । अभियानका क्रममा कांग्रेस नेताहरुले नेकपा नेतृत्वको बर्तमान सरकारले लोकतन्त्रका अंगमाथि हस्तक्षेप बढाएको भन्दै त्यसविरुद्ध सडक आन्दोलनमा जान नेतृत्वलाई दबाब दिन थालेका छन् ।
कांग्रेसको जागरण अभियानको क्रममा पार्टी सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलादेखि डा. शेखर कोइराला लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लोकतन्त्रका धरोहर र अंगमाथि हस्तक्षेप गरेर अघि बढ्न थालेको बताउँदै आएका छन् ।
सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐनलाई संशोधन गर्न बनेको बिधेयक र राष्ट्रिय सुरक्षा परिषद् सम्वन्धी विधेयकले स्वतन्त्र संचार जगत, मानवअधिकार र नेपाली सेनामाथि हस्तक्षेप बढाएको भन्दै कांग्रेस जागरण अभियानको क्रममा नेतादेखि कार्यकर्तासम्मलाई आन्दोलनको लागि तयार हुन भनिरहेका छन् ।
सरकारले गरेका कमीकमजोरी मिडियाले उजागर गरेमा एक करोडसम्म जरिवाना गर्ने, जेल हाल्ने र नियमक निकाय मिडिया काउन्सिललाई संचार मन्त्रालयको कठपुतली बनाउने योजना बनाएको छ । त्यस्तै, मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको कार्यालय मातहत राखेर सरकारले सरकारद्धारा मानवअधिकार उलंघनका कुनै घटना गरेमा त्यसलाई ढाकछोप गर्ने योजना बनाएको छ ।
त्यस्तै, स्वतन्त्र र संवेदनशील अंगको रुपमा लिइएको नेपाली सेनालाई सुरक्षा परिषद्को बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्रीको आदेशमा परिचालन गर्नेगरी ऐन परिमार्जन गर्न सरकारले विधेयक संसदमा पेश गरिसकेको छ ।
लोकतान्त्रिक शक्ति र अंगहरुलाई कमजोर बनाएर सबै निकायलाई सत्ता अनुकूल चलाउने र आफूविरुद्ध चल्न नदिने रणनीति बनाएको छ । त्यसको सबैभन्दा डरलाग्दो पक्ष भनेकै मिडिया काउन्सिल ऐन निर्माणको क्रममा कुनै सञ्चारमाध्यमले समाचार प्रकाशन वा प्रशारण गरे वापत कुनै व्यक्तिको प्रतिष्ठामा आँच आएमा पत्रकारलाई र संचारमाध्यमलाई एक करोड रुपैयाँसम्मको जरिवाना र पाँचदेखि १० बर्षसम्मको जरिवानाको व्यवस्था गर्नुलाई लिन सकिन्छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...