भारतीय प्रधानमन्त्री सपथ लिदै – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

भारतीय प्रधानमन्त्री सपथ लिदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि बिहिबार साँझ सात बजे सपथग्रहण गर्दैछन् । बिम्स्टेक सदस्य राष्ट्र, मौरिसस र किर्गिजस्तानका सरकार वा राष्ट्र प्रमुखलाई सपथग्रहण समारोहमा उपस्थित हुन आमन्त्रण गरिएको छ ।

नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै दिल्ली पुगेका छन् । सपथग्रहणमा मोदी नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने हो भन्ने चर्चा चलेको छ ।

भारतीय सञ्चार माध्यमहरुले पार्र्टी अध्यक्ष अमित शाह मोदी नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको बताएका छन् । शाह गृह वा अर्थ मन्त्रालयका जिम्मेवारी पाउने समाचारहरु आएका छन् । पहिलो कार्यकाल अर्थमन्त्री रहेका अरुण जेटलीले स्वास्थ्यका कारण नयाँ सरकारमा सहभागी नगराउन प्रधानमन्त्री मोदीलाई पत्र लेखेका छन् ।

भारतीय सञ्चार माध्यमहरुले विभिन्न नेताहरुलाई अध्यक्ष अमित शाहले फोन गर्दै स्थानीय समयअनुसार साढे चार बजे प्रधानमन्त्री निवासमा उपस्थित हुन जानकारी गराएको जनाएको छ । सिफारिस भएका नामहरुमा सुष्मा स्वराज, निर्मला सितारमण, स्मृति इरानी, अर्जुन मेघवाल, पियुष गोयल, मुख्तार अब्बास नकवी, जितेन्द्र सिंह, रविशंकर प्रसाद, प्रकाश जाबेडकर, किरण रिजिजु, बाबुल सुप्रियो, पुरुषोत्तम रुपाला, रामदास आठवले, राज्यवद्र्धन राठौर, कृष्णपाल गुर्जर, किशन रेड्डी, नीतिन गडकरी, सदानन्न गौडा, जयन्त सिंह, गिरिराज सिंह, दीलिप घोष मन्त्री तथा थवारचन्द्र गेहलोत, प्रह्लाद पटेल, कैलाश चौधरी, सुरेश अगेडी रावसाहेव दान्बे हुने भारतीय समाचार स्रोतहरुले बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले ६ सांसद बराबर एक मन्त्री बनाउने योजनामा मोदी रहेका छन् । भाजपाले चुनावमा ३ सय ३ सीट जितेकोमा भाजपाबाट कम्तीमा ५० जना मन्त्री हुने अनुमान गरेका छन् । त्यसैगरी भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुबाट मन्त्रिपरिषद्मा सहभागी हुनेहरुको नाम समेत आएको छ ।

रामविलास पासवान (लोकजनशक्ति पार्टी), अरविन्द सावन्त (शिवसेना), अनुप्रिया पटेल (अपना पार्टी), हरसिमरात कौर बादल (शिरोमणि अकाली दल) मन्त्री हुने बताइएको छ । अमित शाह मन्त्रिपरिषद्मा सहभागी भए पार्टी अध्यक्ष छाड्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ जेष्ठ १६, १०: ४१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ जेष्ठ १६, १०: ४१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ जेष्ठ १६, १०: ४१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...