मिडिया काउन्सिल विधेयकको परिभाषामै पत्रकारिताको हुर्मत – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

मिडिया काउन्सिल विधेयकको परिभाषामै पत्रकारिताको हुर्मत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकको परिभाषा खण्डमै पत्रकारिता र आमसञ्चार माध्यमबीच फरक छुट्याउन नसकी गम्भिर त्रुटिपूर्ण परिभाषा गरिएको छ ।

यसबाट देखिन्छ कि सरकारमा बसेकाहरु चाहे ती मन्त्री हुन् वा सरकारी जागिरेको रुपमा आफूलाई राष्ट्रसेवक भन्न रुचाउने अधिकृत, उपसचिव, सहसचिव वा सचिवको बौद्धिक स्तरता वा क्षमता कति रहेछ भन्ने । उनीहरुको दरिद्रता र विवेक देखेर संचारकर्मीहरुले दयाभाव प्रकट गर्नुवाहेक कुनै उपाय नै छैन । संसदमा पेश भएको मिडिया काउन्सिल विधेयकको दफा २ को परिभाषा खण्डको ‘घ’ पढ्दा नै थाहा हुन्छ । विधेयक निर्माण अध्ययन गरी, सुझाव मागेर वा छलफल गरेर ल्याइएको हो वा पत्रकारिता पेशालाई नै ठेगान लगाउँछु भनेर भन्ने ।

यस्तै विधेयक दुइतिहाइको बलमा पास गर्ने हो भने अब समाचार पत्रलाई नै छापा पत्रकारिता भनेर संचारकर्मीहरुले कण्ठ गर्नुपर्ने दिन आउने निश्चित छ । दफा २ को ‘छ’ मा समेत चलचित्र, लघु चलचित्र र बृत्तचित्रलाईनै अनलाईन पत्रकारिता हो भनेर परिभाषित गरिएको छ । बिधेयकको यो प्रावधानलाई आमसंचार माध्यमका साधकहरुले बौद्धिक दरिद्रताको पराकाष्टाको रुपमा हेरेका छन् ।

विधेयक हतारमा बनाउँदा, होटलमा कक्टेल डिनरसहित गोष्ठी र छलफको नाममा बनाउँदा वा भत्ता र भ्रमणमा बढी ध्यान दिँदा नै यस्तो हुन सक्ने देखिन्छ । होइन भने विधेयकको मस्यौदा गर्नेदेखि त्यसको परिक्षण वा स्वीकृति दिनेसम्मका जिम्मेवार अधिकारीहरुको शैक्षिक योग्यताको परिक्षण टड्कारो देखिन्छ ।

विधेयकको यस्तो अवस्थाले संचार मन्त्रालयमा पत्रकारिता बुझेको वा पत्रकारिता र संचारमाध्यम तथा आमसंचार माध्यमबीचको फरक वा भेद खुट्याउन सक्ने जनशक्तिको अभाग भएको प्रष्ट हुन्छ । आमसंचार माध्यमका साधन के हुन र ति साधनमार्फत गरिने साधना वा कर्म वा क्रियाकलाप के हो भन्ने खुट्याउन नसक्ने, अनि चलचित्र संचारको साधन हो कि, पत्रकारिता हो भनेर नबुझ्नेहरुको भिँडमा पत्रकारिता जगतले स्वतन्त्र प्रेसको माग गर्नु भैंसीको अघि विम बजाए सरह नहोला भन्न सकिन्न ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ जेष्ठ २१, ०८: २६

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ जेष्ठ २१, ०८: २६

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ जेष्ठ २१, ०८: २६

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...