
काठमाडौं । प्रदेश तीन अन्तर्गतका स्थानीय सरकारको लागि नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासले सुशासन तालिम आज बिहिबारबाट सुरु गरेको छ । काठमाडौंमा सुरु गरिएको उक्त तालिम स्थानीय सरकार ५० जना पदाधिकारी सहभागी भएका छन् ।
अमेरिकाको मेरिल्याण्ड विश्व विद्यालयले गरेको डिजाइनको आधारमा दिनसम्म चल्ने तालिममा अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन सिटौला लगायतले तालिम दिने भएका छन् ।
तालिम उद्घाटन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्नुको साथै विकासप्रतिको जनताको आकांक्षा पूरा गर्ने दायित्व स्थानीय सरकारको भएको बताउँदै मन्त्रीले जनतासँग जोडिँदा सुशासन कायम गर्न सहज हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडि बढ्न र सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताईन् । नीतिगत सुधार, पूर्वधार विकास, कर मैत्री वातावरण, सुशासन र आर्थिक विकासको प्रमुख आधार भएको बताइन् ।
नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले सहकार्य गरेको बताए । सुरुवात प्रदेश तीनबाट गरिए पनि सातै प्रदेशमा सो कार्यक्रम आयोजन गर्ने भएको छ । स्थानीय सरकारका पदाधिकारीहरूको लागि दैनिक सरकार सञ्चालनमा समेत सहयोग पुग्ने भएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...