ओली, प्रचण्ड, महरा र भट्टराईका जिल्लामा अत्याधिक बजेट – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

ओली, प्रचण्ड, महरा र भट्टराईका जिल्लामा अत्याधिक बजेट

बजेट विनियोजनमा पनि विपक्षीलाई पाखा लगाउने रणनीति–महानगरमा उपमहानगरभन्दा थोरै अनुदान

काठमाडौं । संघीय सरकारले आर्थिक बर्ष २०७६÷०७७ को लागि संघीय संसदमा पेश गरेको बजेटमाथि संघीय संरचनालाई संवोधन गर्न नसकेको भन्दै टिप्पणी भइरहेको छ । मुलुक संघीय संरचनामा गइसकेपनि सरकारले प्रदेश र स्थानीय तहलाई कूल बजेटको ४० प्रतिशत पनि बजेट बिनियोजन नगरेको भन्दै सर्बत्र आलोचना भइरहेको छ ।

संविधान अनुसार संघीय सरकारले मुद्रा, विदेश नीति, सुरक्षा नीति संरचनाको परिचालन र नियन्त्रणका साथै राष्ट्रिय गौरवका आयोजना निर्माण गर्ने जिम्मेवारी पाएको हुन्छ । तर केपी शर्मा ओली नेतृत्वको सरकारले दोश्रो बर्ष संघीय संसदमा बजेट पेश गर्दा समेत स्थानीय र प्रदेशलाई पर्याप्त बजेट र अधिकार नदिएको गुनासो आइरहेको छ ।

आगामी बजेटमा संघीय सरकारले सात सय ५३ वटा स्थानीय तहलाई वित्तिय समानीकरण र ससर्त अनुदान रकम उपलब्ध गराउने भएको छ । यो वाहेक स्थानीय तहलाई संघीय सरकारले राजश्व वाँडफाँड, विशेष अनुदान र समपुरक अनुदान बापत पनि थप र छुट्टै अनुदान दिन सक्ने व्यवस्था छ ।

अर्थ मन्त्रालयले स्थानीय तहलाई वित्तिय समानीकरण र ससर्त अनुदान वितरणमा समेत राजनीतिक पूर्वाग्रह राख्ने गरेको छ । प्रधानमन्त्री, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा र नेकपाका महासचिव, मुख्य मन्त्रीको गृह जिल्ला र ति जिल्ला मातहतका स्थानीय तहलाई प्रस्तुत अनुदान छुट्याइएको छ । तर पार्टीका शीर्ष नेता नभएका वा प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेताका स्थानीय तह तथा कांग्रेसले बिजयी भएका स्थानीय तहमा बढी अनुदान छुट्याइएको छ ।

कांग्रेसले मेयर पाएको ब्यास नगरपालिका र निलकण्ठ नगरपालिकाबाहेक अन्य स्थानीय तहमा न्युन अनुदान उपलब्ध गराइएको छ । उपलब्ध गराएको बजेटमध्ये सबैभन्दा धेरै बजेट पाउने जिल्लामा मोरङ पर्छ भने सबैभन्दा धेरै बजेट प्राप्त गर्ने स्थानीय तहमा काठमाडौं महानगरपालिका पर्दछ । काठमाडौं सबैभन्दा धेरै जनसंख्या र मतदाता भएको महानगर मात्र होइन, यहाँ सबैभन्दा धेरै वडा अर्थात ३२ वटा वडा रहेका छन् ।

मोरङ जिल्ला भने भूगोल, जनसख्या, मतदाता र स्थानीय तहको हिसावले पनि ठूलो जिल्ला हो । जहाँ १६ स्थानीय तह छन् । तथापी सबैभन्दा धेरै स्थानीय तह अर्थात २० वटा सर्लाहीमा छ । रौतहट, सप्तरी र धनुषमा १८÷१८ वटा र सर्लाहीमा १७ स्थानीय तह छन् ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदान र ससर्त अनुदान गरी सबैभन्दा बढी बजेट पाउने जिल्लाहरुमा मोरङ एक नम्वरमा परेको छ । मोरङलाई पाँच अर्ब ६१ करोड अनुदान सरकारले दिने भएको छ । यो जिल्लामा बिराटनगर महानगरपालिकासहित आठ नगरपालिका र आठ गाउँपालिका रहेका छन् । सबैभन्दा धेरै बजेट पाउने स्थानीय तहमा काठमाडौं महानगरपालिका पर्छ । धेरै बजेट पाउने उपमहानगरपालिकामा घोराही, सबैभन्दा धेरै बजेट पाउने नगरपालिकामा व्यास र सबैभन्दा धेरै बजेट पाउने गाउँपालिकामा वाँकेको खजुरा गाउँपालिका पर्छ ।

सबैभन्दा कम बजेट पाउने जिल्लामा मनाङ पर्छ भने सबैभन्दा कम बजेट पाउने स्थानीय तहमा मनाङकै नार्पाभूमि गाउँपालिका पर्छ । सवैभन्दा बढी अनुदान पाउने सथानीय तह काठमाडौं महानगरपालिकाले एक अर्ब ८३ करोड २७ लाख रुपैयाँ पाउँदा मनाङकै नार्पाभूमि गाउँपालिकाले नौं करोड दुई लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

दोश्रो धेरे बजेट पाउने जिल्लामा स्वभाविक रुपमा काठमाडौं देखिएको छ । यो जिल्लालाई मोरङको भन्दा एक करोड कम अर्थात पाँच अर्ब ६० करोड ५० लाख परेको छ । जनसंख्याको हिसावले रुपन्देही, कैलाली र सर्लाहीभन्दा सानो मानिएको झापाका आठ नगरपालिका र सात गाउँपालिकाको लागि पाँच अर्ब १५ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

संघीय सरकारबाट अनुदान पाउने चौथो ठूलो जिल्लामा सर्लाही पर्छ । ११ नगरपालिका र ९ गाउँपालिका रहेको सर्लाहीलाई ५ अर्ब सात करोड १६ लाख रुपैयाँ छुट्याइएको छ । पाँचौ धेरै बजेट पाउने जिल्लामा रुपन्देही पर्छ । यो जिल्लालाई सरकारले चार अर्ब ८५ करोड २८ लाख रुपैयाँ छुट्याएको छ । धेरै बजेट पाउने छैठौं नम्वरको जिल्लामा कैलाली पर्छ ।

एउटा उपमहानगर पालिकासहित यो जिल्लामा ६ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् । यो जिल्लाका १३ स्थानीय तहको लागि सरकारले चार अर्ब ७० करोड ७३ लाख रुपैयाँ अनुदान छुट्याएको छ । धेरै बजेट पाउने सातौ जिल्लामा धनुषा पर्छ । जहाँ संघीय सरकारले चार अर्ब ८२ करोड ६६ लाख रुपैयाँ रुपैयाँ बजेट छुट्याइएको छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ जेष्ठ २७, ०९: २२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ जेष्ठ २७, ०९: २२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ जेष्ठ २७, ०९: २२

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...