समानुपातिकमा कुन दलले कति सिट ? – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

समानुपातिकमा कुन दलले कति सिट ?

काठमाडौं । समानुपातिकमा निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ ।
दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।
राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।
जिल्लाबाट अंक र अक्षरमा मत परीणाम मगाएर इन्ट्री गर्ने काम भइरहेको र यसको एक दुई दिनमा सकिने एक कर्मचारीले बताए । इन्ट्री सकिएपछि मात्र आयोगले औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउनेछ । एक अधिकारीले, ‘भेरिफाइ गर्दा यो मत कायम रहन पनि सक्छ । केही तलमाथि हुन पनि सक्छ । तर, धेरै फरक नपर्ला ।’

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।
यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ । माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६र६ सिट पाउनेछन् ।
विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा ९तत्कालीन राप्रपा नेपाल पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।
पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।
प्रतिनिधिसभामा ठूला ५ दल, एक सिटे पाँच सांसद
१६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएका छन् ।
एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० ९दुई स्वतन्त्रसहित० सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।
प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ । तर, दुबै पहिलो दल एमाले भन्दा निकै सानो छन् । कांग्रेस र माओवादी मिल्दा पनि एमाले बराबर हुँदैन ।
पहिलो संविधानसभामा ठीक विपरित थियो । एमाले र कांग्रेस मिल्दा पनि माओवादी ठूलो दल थियो ।
प्रतिनिधिसभामा दुई क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल ।
प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६र६ सिट पाएका छन् । समग्रमा मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।
राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ पुष २, ११: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ पुष २, ११: ३२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ पुष २, ११: ३२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...