पछारिएका आठ उपप्रधानमन्त्रीहरु – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

पछारिएका आठ उपप्रधानमन्त्रीहरु

काठमाडौं । पटक पटक उपप्रधानमन्त्री भएर महत्वपूर्ण मन्त्रालय समालि सकेका उपप्रधानमन्त्रीहरुले यस पटकको निर्वाचनबाट विजय हाँसिल गर्न सकेनन् । त्यतिमात्र होईन ८ जना पूर्व उपप्रधानमन्त्री हुँदा र अहिलेसम्म बहालमा रहेको कतिपयले केही समय मुलुकको वागडोर समाल्ने कार्यवाहक प्रधानमन्त्रीसम्म भएका व्यक्ति यो निर्वाचनबाट पराजित भएका छन् ।

पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, तनहुँबाट पराजित भएका छन् । नारायणकाजी श्रेष्ठ गोरर्खाबाट पराजित भएका छन् । बिमलेन्द्र निधि धनुषाबाट पराजित भएका छन् । वामदेम गौतम बर्दियाबाट पराजित भएका छन् । कृष्ण सिटौला झापाबाट, बद्री मण्डल सुनसरीबाट पराजित भएका छन् । त्यस्तै वर्तमान सत्ता गठबन्धन रहेका दुई उपप्रधानमन्त्रीहरु गोपालमान श्रेष्ठ र अर्का उपप्रधानमन्त्री मन्त्री तथा जलस्रोत मन्त्री कमल थापा कमवानपुरबाट पराजित भएका छन् ।

सत्तामा बसेर निर्वाचन लड्दा सत्ताको चरम् दुरुपयोग गर्न पल्केको नेताहरु यस पटक भने सत्ताको सुविधाभोगी भएकै कारण पराजित हुन पुगेका राजनैतिक विश्लेषकहरु बताउँछन् । देउवा मन्त्रीमण्डलका हस्तीहरु यस पटकको निर्वाचनमा नराम्ररी पछारिएका छन् । त्यस क्षेत्रहरुमा नयाँ व्यक्तिले निर्वाचन जितेका छन् । बर्दियाका सञ्जय गौतम सिंचाई मन्त्री छन्, उनले एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई पछारेका छन् । त्यसैगरी सत्ताका समिकरण भत्काउने र बनाउने खेलाडीका रुपमा परिचित माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई गारेर्खाबाट डा. बाबुराम भट्टराईले हराई दिएका छन् ।

वामदेव गौतम र नारायणकाजी श्रेष्ठ वामगठबन्धनका सुत्राधार रहेका थिए । तर उनीहरुनै यस निर्वाचनबाट बाहिरिनु परेको छ । लोकतन्त्रमा जनतानै सर्वोपरी रहेको हुन्छन् भन्ने हेक्का गुमाएका यी नेताहरुको अब विश्राम लिनुपर्ने संकेत जनताले देखाई दिएका छन् ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७४ पुष ४, ०९: ००

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७४ पुष ४, ०९: ००

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७४ पुष ४, ०९: ००

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...