कांग्रेसद्वारा दुइ सय ४७ जनालाई अनुसाशनको कारबाही – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

कांग्रेसद्वारा दुइ सय ४७ जनालाई अनुसाशनको कारबाही

काठमाडौ । नेपाली कांग्रेसले २०७४ मा सम्पन्न स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध वागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक दुइ सय ४७ जनालाई कारबाहीको निर्णय गरेको छ ।

केन्द्रीय अनुशासन समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बागी उम्मेदवार भएका र तिनका समर्थक र प्रस्तावकसहित अन्य पार्टीमा गएका नेता तथा कार्यकर्तालाई पार्टीको विधानको दफा ३४ को उपदफा ४ (क) बमोजिम कारवाही भएकोले निजहरुलाई जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको हो ।

बैठकले त्यस्ता वागी, निजका प्रस्तावक एवम् समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली समितिमा पठाउन समेत निर्देशन दिएको समिति संयोजक भिष्मराज आङदम्वेले बताए । २०७४ साल बैशाख, असार र साउन गरी तीन चरणमा भएको स्थानीय तहको निर्वाचन र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ जिल्लाका बागी, वागीको समर्थक प्रस्तावक भएका र अन्य पार्टीमा गएकालाई जिल्ला पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको हो ।

सबैभन्दा धेरै रुपन्देही जिल्लामा ५६ जना, पर्षामा ३२ जना र दाङमा २५ जनालाई कारबाहीको सिफारिस गरिएको छ । त्यस्तै, बाँकेमा ११ जना, चितवनमा १५ जना, धनुषामा १० जना, काठमाडौंमा १५ जना, लमजुङमा ११ जना र ओखलढुंगामा १३ जनालाई पार्टीले कारबाही गरेको थियो । समितिका अनुसार संखुवासभा, रसुवा, नवलपरासी र पाँचथरमा १÷१ जना,रौतहट र सिरहामा २÷२ जना, सुनसरी, मोरङ, काश्की र वारामा ३÷३ जना, पाल्पामा ४ जना, कपिलबस्तुमा ५ जना, इलाम र कैलालीमा ६÷६ जना, झापा र ललितपुरमा ९÷९ जनालाई कारबाही गरिएकोले अभिलेखबाट हटाउन निर्देशन दिएको छ ।

कांग्रेसको आधिकारिक उम्मेदवारबिरुद्ध वागी हुनेमा लमहीका डिल्लीबहादुर खड्का, पूर्वराष्ट्रपति डा.रामबरण यादवका भतिजा लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएका समिर यादव, सुन्दरबजार लमजुङको प्रमुखका उठेका द्धारिका मिश्र, सिरहा क्षेत्र नं पाँचका क्षेत्रिय सभापति मादव यादव रहेका छन् । त्यस्तै, गौर नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका पार्टीको गौर नगर सभापति अवधकिशोर साह, जिल्ला कार्यसमिति रौतहटका सदस्य कुन्दन प्रसाद कुसवाह, तरुण दल ओखलढुंगाको अध्यक्ष ज्ञानेन्द्र रुम्दालीलाई पनि कारबाही गरिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७६ असार ८, १३: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७६ असार ८, १३: १०

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७६ असार ८, १३: १०

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...