काठमाडौं । सत्ता गठबन्धन दल नेपाली कांग्रेसको घोषणा पत्र संशोधनसहित कार्य सम्पादन समितिबाट पारित भएको छ । नेपाली कांग्रेसले आगामी संसदीय चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको हो । पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । यसपटकको निर्वाचमा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका गतिविधिलाई मुख्य मुद्दा बनाएको छ ।
अर्थशास्त्री स्वर्णीम वाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेललगायतका विज्ञले घोषणा पत्र तयार पारेका हुन् । जसमा ‘आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र’ समेटिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दा, दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र ‘समुन्नत नेपाल’ कसरी बनाउने भन्ने एजेण्डा समावेश भएको छ ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो ।
महामन्त्री शर्माले घोषणापत्र लेखनमा नेपाली समाजको प्रतिनिधित्व झल्किने गरी विज्ञ समूह तयार गरेका छन् । समितिमा कवि श्रवण मुकारुङदेखि क्रिकेटर विनोद दाससम्म समेटिएका छन् ।
समितिमा चलचित्र निर्देशक मीन भाम, कृषि विज्ञ सन्जय महत्तो, समाजशास्त्री दिपेश घिमिरे, मधेशी महिलाको प्रतिनिधित्व गर्दै प्रिति मण्डल, कर्णालीको प्रतिनिधित्व गर्दै रंगमति शाही, फस्ट टाइम भोटरको प्रतिनिधित्व गर्दै विकल राई, सामाजिक रुपान्तरणको मुद्धाको प्रतिनिधित्व गर्दै अनुसन्धानकर्ता प्रकाश लामिछाने समेत सदस्य छन् ।
प्रारम्भिक मस्यौदा तयारीका लागि अर्थशास्त्री स्वर्णिम वाग्ले नेतृत्वको छ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । समितिमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्ष्णप्रसाद पौडेल, दिपेश घिमिरे र प्रिति मण्डल सदस्य छन् ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...