खानेपानी मन्त्रीको निर्देशनमा कांग्रेस कार्यकर्तालाई रामधुलाई – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

खानेपानी मन्त्रीको निर्देशनमा कांग्रेस कार्यकर्तालाई रामधुलाई

कञ्चनपुर । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डकी वुहारी खानेपानी मन्त्री बिना मगरेको निर्देशमा यहाँका कांग्रेस कार्यकर्तामाथि ज्यान मार्ने उदेश्यले हमला भएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नं १० को डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोध गरेका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई खानेपानी मन्त्री विना मगरको निर्देशनमा नेकपाका कार्यकर्ताहरुले असार १० गते आक्रमण गरी नेपाली कांग्रेसका २० जना कार्यकर्ताहरुलाई घाइते बनाएका हुन् ।

उक्त घटनामा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं २ का सभापति चन्द्रमणि गैरे, नेपाल तरुण दलका कृष्णबहादुर चन्द लगायत गम्भीर घाइते भएका छन् ।

सामुहिक रुपमा नेकपाका कार्यकर्ताले गरेको आक्रमणबाट गम्भिर घाईत गोपीप्रसाद उपाध्याय र विक्रम चन्दको कञ्चनपुरमा उपचार हुन नसकेपछि काठमाडौँ स्थित न्यूरो अस्पताल, बाँसबारीमा उपचार गराइएको छ । अन्य घाइतेहरुको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै अवांछित गतिविधि र उद्दण्डता प्रदर्शन गरेको भन्दै कांग्रेसले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

राज्यको सुरक्षा निकायको संरक्षणमा भएको यस्तो अमानवीय क्रियाकलापको कांग्रेसले घोर निन्दा र भत्र्सना गर्दैछ आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न माग गरेको छ । आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्नुका साथै घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था नगरे त्यसका बिरुद्ध कांग्रेस देशब्यापी आन्दोलनमा लाग्ने चेतावनी दिइएको छ । कांग्रेस कार्यकर्तामाथि आक्रमण गर्नेहरुलाई प्रहरीले हालसम्म पक्राउ गरेको छैन भने उनीहरु प्रहरीकै संरक्षणमा रहेको बुझिएको छ ।

घटना प्रति नेपाली कांग्रेस संसदीय दलले समेत गम्भीर अपत्ति प्रकट गरेको छ । संविधानमा व्यवस्था भए अनुसार स्वतन्त्रतापूर्वक विचारहरु व्यक्त गर्न पाउनु र शान्तिपूर्ण रुपमा विरोध गर्न पाउनु सबै नागरिको हक अधिकारलाई कसैले पनि कुण्ठित गर्न पाउँदैन ।

तर शान्तिपूर्ण ढंगले विरोध प्रर्दशन गरीरहेको अवस्थामा सत्ता र सुरक्षा निकायको आडमा सत्तारुढ दलका समर्थकहरुले अमानवीय तरिकाले कांग्रेसका कार्यकर्ता माथि संघातिक हमला गरी घाइते बनाउनु अत्यन्त निन्दनीय कार्य भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जनाए ।

यस्ता अपराधिक घटनमा संलग्न सबै दोषीलाई तत्काल कानूनी कार्वाही गर्न सरकारसँग संसदीय दलले जोडदार माग गरेको छ । कञ्चनपुरमा गत बर्ष बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषीलाई कारबाहीको माग गर्दै कांग्रेस कार्यकर्ता र शुभेच्छुकको समेत सक्रियताबाट आफ्नो राजनीतिक छवि मात्र आघात पुगेको सम्झिएकी बिना मगरले आफ्नो बिरोधमा उत्रिएका कांग्रेस कांर्यकर्तालाई ठेगान लगाउने उदेश्यले आक्रमण गराउन लगाएको स्थानीय कांग्रेस कार्यकर्ताले आरोप लगाएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७६ असार १६, ०६: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७६ असार १६, ०६: १६

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७६ असार १६, ०६: १६

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...