तीन दशकमा धेरै चुनाव उठ्नेहरु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
संसदीय निर्वाचनमा बृद्ध र व्यापारी नेता प्रमुख दलको रोजाईमा

तीन दशकमा धेरै चुनाव उठ्नेहरु

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मुलुकका प्रमुख राजनीतिक दलहरुले आफ्ना बृद्ध नेता र व्यापारीलाई नै उम्मेदवारको लागि प्राथमिकता दिएका छन् ।

सत्तारुढ गठबन्धनदेखि विपक्षी गठबन्धन र दलका शीर्ष नेताको रोजाईमा बृद्ध नेता, व्यापारीलाई पहिलो प्राथमिकता तथा दोश्रो प्राथमिकतामा आफन्त र आफ्ना अनुचरहरु नै बढी रोजाईमा पर्ने गरेका छन् । राजनीतिक दलका शीर्ष नेताले योग्यता, क्षमता र योगदानका आधारमा युवा र फरक क्षमता भएका तथा फरक गर्तका समुदायलाई प्रत्यक्ष तर्फ त झन कुनै स्थान पनि दिइएको छैन ।

यी हुन राजनीतिक दलका बृद्ध नेता उम्मेदवार

सत्तारुढ गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी दलहरुको तर्फबाट उम्मेदवार भएका सबैभन्दा बृद्ध नेता हुन् । उनी ८१ बसन्त पार गरेका बाम नेता केसी गठबन्धनको तर्फबाट बागलुङ क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेका छन् ।

एक साताअघि मात्र सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी अलग भए पछि सत्तारुढ गठबन्धनमा तालमेल गर्न पुगेको लोकतान्त्रिक समाजबादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दलहरुले उठाएका उम्मेदवारमा अर्का बृद्ध नेता हुन । ठाकुर पनि ८० बर्ष पार गरिसकेका नेता ठाकुर महोत्तरी जिल्लाको क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा ७७ बर्ष पुगेका छन् । उनी डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका छन् । कांग्रेसकै नेता रामचन्द्र पौडेल उमेर ७८ बर्ष पुगिसकेका छन् । उनी यसपटकसहित तनहुँबाट संसदीय चुनाव लडेको सातौं पटक हो ।

कांग्रेसका नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी ७३ बर्ष उमेर काटिसकेका छन् । कोइराला मोरङ ६, सिटौला झापा ३ र केसी नुवाकोट २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । २०४८ सालदेखि सबैभन्दा धेरै संसदीय निर्वाचनमा प्रतिष्पर्धा गर्ने नेता सिटौला हुन् । उनी २०४८, २०५१, २०५६, २०७४ को आमनिर्वाचन, २०५१ सालको उपनिर्वाचन, २०६४ र २०७० को संविधानसभा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका छन् । ६ वटा निर्वाचनमा उम्मेदवार बनेका उनले ३ वटा निर्वाचनमा बिजय भए भने ३ वटामा पराजित बने ।

कांग्रेसका नेता गोपालमान श्रेष्ठ उमेरले ७५ वर्ष पुगे तर यो पटक उनी समानुपातिकमा कांग्रेसबाट आदिवासी-जनजाति कोटामा पहिलो नम्वरमा परेका छन् । कांग्रेस नेता विजय कुमार गच्छदार ६९ वर्षको भए । उनी यो पटक पनि सुनसरीबाट प्रत्यक्षमा चुनाव लड्दैछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विजयकुमार गच्छदार हालसम्म भएका ६ वटै संसदीय तथा संविधानसभा निर्वाचनमा लगातार निर्वाचनमा विजय हासिल गर्ने नेता हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७१ वर्ष उमेर पुगेका छन् । उनी २०४८देखि नै झापाको क्षेत्र नम्वर ५ (तत्कालिन ६ र ७) बाट चुनाव लड्दै आएका छन् । उनी एमालेको तर्फबाट उम्मेदवार हुने नेतामध्ये ७० वर्ष कटेका एक हुन् ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाल आगामी फागुनदेखि ७० वर्ष पुरा हुँदैछन् । माधव नेपाल रौतहट १ र खनाल इलाम १ बाट यो पटक पनि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने बृद्ध नेता हुन् ।

सिरहा क्षेत्र नम्वर १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका पद्मनारायण चौधरी ७२ वर्षं पुगेका छन् । परराष्ट्र मन्त्री समेत रहेका डा. नारायण खड्का ७२ वर्षका हुन् । उनी यो पटक पनि उदयपुरको क्षेत्र नम्वर १ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।

माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६८ वर्षमा हुन् । उनी सँधै निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनाव लड्न बानी परेका छन् । उनी यस पटक भने गोरखा २ बाट उम्मेदवार बनेका छन् ।

२०४८ देखि संसदीय निर्वाचनमा उम्मेदवार हुने नेताहरुमा देउवा, पौडेल, केसी, गच्छदार, ओली, खनाल, ठाकुर, सिटौला,सहित कांग्रेसका बलबहादुर केसी, ज्ञानेन्द्र बहादुर कार्की, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, सुरेन्द्रप्रसाद चौधरी पनि हुन् । यस्तै एमालेका लालबाबु पण्डित, लोसपाका शरतसिंह भण्डारी, जसपाका असोक राई, नेकपा एसका राजेनद्र प्रसाद पाण्डे, विरोध खतिवडा पर्दछन् ।

२०५१ सालदेखि भने नेपाल, राजेन्द्र महतो, सुभाषचन्द्र नेम्वाङ, अनिल झा, दिलेन्द्र प्रसाद बढु, हृदयराम थानी, चित्रलेखा यादव, इश्वर पोखरेल पर्दछन् । नयाँ विकल्प साप्ताहिकबाट

 

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७९ आश्विन ३१, १४: ३६

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७९ आश्विन ३१, १४: ३६

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७९ आश्विन ३१, १४: ३६

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...