जबज र जनताको जनबादलाई लिएर नेकपामा बबण्डर – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

जबज र जनताको जनबादलाई लिएर नेकपामा बबण्डर

काठमाडौं । तत्कालिन नेकपा एमालेले अघि सारेको जनताको बहुदलिय जनबाद र माओवादीले अघि सारेको जनताको जनबादीको बिषयलाई लिएर सत्तारुढ नेकपा भित्र विभाजन, मतान्तर र बिबाद देखिन थालेको छ ।

पार्टीको मार्गनिर्देशक सिद्धान्त के हुने भन्ने बिषयमा अझै एकमत हुन नसक्दा शीर्ष नेतामै फरक फरक धारणाहरु आउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सिद्धान्तका नाममा गतिहीन एवम् आरोप देखाउनु उचित नहुने भन्दै अब जनताको बहुदलीय जनवाद (जबज) को ठाउँमा पार्टीको कार्यक्रमको नाम जनताको जनवाद भन्न थालिएको दाबी पारे ।

प्रधानमन्त्री ओली युरोपेली देशको भ्रमणमा रहेको बेला नेकपा सचिवालय सदस्य समेत रहेका तत्कालिन कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले समेत मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको सिद्धान्तलाई नेकपाले छोड्न नसक्ने भनी सार्वजनिक अभिव्यक्ति दिएपछि तत्कालिन नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु असन्तुष्ट बनेको थिए ।

स्वयम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षबीच भएको सहमति अनुसार नै जनताको जनबाद पार्टीको सैद्धान्तिक लाइन हुने बताएका थिए । तर इश्वर पोखरेलसहित ओली सरकारका अन्य मन्त्रीले समेत जनताको बहुदलिय जनवादको पक्षमा वकालत गरेपछि माओवादी पृष्ठभूमिका नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायतका नेताले असहमति जनाएका थिए ।

मनद भण्डारीको ६८ औं जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउण्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने ‘पार्टी एकता, एकीकरण गरेर त्यसलाई सिमेन्टेड गरेका छौं । र, हामीले भनेका छौं, अहिलेको अवस्थामा जनताको जनवादलाई कार्यक्रमको नाम दिने ।’

उनले एकीकृत पार्टीले अगाडि सारेको न्यूनतम कार्यक्रमलाई ‘जनताको जनवाद’ भनिए पनि त्यसमा बहुदलीय जनवादका विशेषताहरु समावेश गरिएको र ती शिवेषताभन्दा टाढा जान नसकिने बताएका थिए ।उनले सरकारका कार्यक्रममा जनताको बहुदलीय जनवादका विशेषता परेको भन्दै उनले अहिलेलाई भने कार्यक्रमको नाम जनताको जनवाद राखिएको मात्र बताए ।

अर्का अध्यक्ष प्रचण्डले भने पार्टीको नीति जवज हुने कि जनताको जनवाद हुने भन्ने बिषयमा स्पस्ट पार्न चाहेनन र आफ्नै पार्टीको सरकार हुँदा पनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसकिएको गुनासो पोखे । नेकपाका एउटा अध्यक्षले मदन भण्डारीको हत्यारा सरकारले पत्ता लगाउन नसकेको भनेर जिज्ञासा राखेपनि प्रधानमन्त्री ओलीले चाहिँ मदन भण्डारीको हत्यासम्बन्धी प्रशंगै नकोट्याई भण्डारीका योगदानहरुको मात्रै चर्चा गरे ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ असार १७, ०७: ४४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ असार १७, ०७: ४४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ असार १७, ०७: ४४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...