संघीय प्रदेशमा जाने प्रहरीको बढुवा नहुने – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

संघीय प्रदेशमा जाने प्रहरीको बढुवा नहुने

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा शुसासन समितिको आज बिहीबारको बैठकमा गृहसचिव प्रेम राईले सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको निजामति कर्मचारीको तह वृद्धि प्रहरीमा गर्न नसकिने बताएका छन् ।

समायोजनमा लग्दा प्रदेश र संघ प्रहरीबीच विभेद आउने अवस्था देखिए पनि बढुवा गर्दा दायित्व बढ्ने र त्यसमा अर्थ मन्त्रालयको सहमति प्राप्त नभएकाले बढुवाको संभावना नभएको बताए निजामतितर्फ बढुवा नभई तह मिलान गर्ने काम भएको र प्रहरीतर्फ तहको कुरा गरिएको छैन ।
‘निजामिततर्फ बढुवा होइन तह मिलान मात्रै भएको हो ।

यो तहमा यतातिर हामीले ल्याएको छैन । तह बनाएर जाने भए संभव होला । तर हामीले त्यो खालको कन्सेप्टबाट आएको अवस्था छैन । त्यसैले बढुवाको संभावना नभएको बताए ।’
काजमा खटाउँदा केन्द्रबाट जतिबेला पनि तान्ने परिपाटीका कारण स्थिरता नहुने भएकाले डीएसपीदेखि तलका पदहरु समायोजन र त्यो भन्दा माथिका पदहरु प्रदेशकै दरबन्दी भए पनि संघबाट खटाउने व्यवस्था मिलाइएको राईले बताए ।

‘केन्द्रबाट हामी फुतफुत तान्दिन्छौ जतिखेर पनि । त्यो कारण त्यो स्टेबल हुन सक्दैन ।’ कानून न्याय तथा संसदीय मन्त्रालयका सह–सचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिंगो प्रारुप गठन गर्न संभव नभएको तर्क गरेका छन् ।

प्रदेश प्रहरी संगठन निमार्णका लागि तत्काल समायोजन नै जरुरी रहेको र एसपी, एसएसपी र डीआईजी परिचालन प्रदेशमा तर दरबन्दी केन्द्रमा नै राख्ने गरि व्यवस्था मिलाउनुपर्ने र प्रदेश प्रहरीमा भर्ना भएको व्यक्ति संघीय प्रहरीमा नभए डिएसपीबाट नै अवकास पाउने गरी व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रदेश प्रहरी संगठन बनाएर समायोजन गर्न सकिने भएपनि प्रदेश प्रहरी ऐन नबनेसम्म समस्या देखिने बताए । समितिले कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि गृह, कानुन र नेपाल प्रहरीका अधिकारीसंग छलफल गरेको छ ।

यसैगरी, धाडिङ बेनिघाट रोराङ गाउँपालिका वडा ८का सदस्य रामजी चेपाङमाथि हिजो बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेको बेला इन्द्र बहादुर चेपाङले गोली हानी भागेको रोराङ वडा नम्वर ७ का अध्यक्ष हिरालाल थपलियाले जानकारी दिएका छन् ।

रामजीलाई भारुवा बन्दुकले हानिएको गोलीले टाउकोमा लागेकोले उनको अवस्था चिन्ताजनक रहेको छ । हाल उनको काठमाडौं मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । गोली हान्ने इन्द्रलाई पहिल्यैदेखि बलात्कार तथा अन्य अभद्र कार्यहरुको अभियोगमा खोजी गरिदै आएको थियो ।

आफ्नो घर छोडेर जंगलमा बस्दै आएका इन्द्रले चौपायाको हत्या गर्नेदेखि महिलाहरुमाथि दुव्र्यवहार समेत गर्ने गरेको आरोप लागेको छ । ‘इन्द्रले वडा ८ का सदस्य रामजीलाई पहिल्यै देखि रिस गर्थे’ वडा नम्वर ५ का अध्यक्ष रोशन कुमार सिलवालले बताए । फरार व्यक्तिको खोजी कार्य तिव्र भइरहेको थपलियाले बताए ।

सम्बन्धित समाचार

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ असार १९, ०९: २६

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ असार १९, ०९: २६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७६ असार १९, ०९: २६

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...