
काठमाडौं । भारतीय मूलकी प्रीति पटेल बेलायतकी गृहमन्त्री र पाकिस्तानीमूलका साजिद जाविद अर्थमन्त्री बन्ने भएका छन् । पटेल दुई बर्षअघि पनि बेलायतको गृह मन्त्री थिइन । प्रधानमन्त्री पदको कार्यभार सम्हालेका बोरिस जोनसोनले बुधबार आफ्नो नयाँ मन्त्रीमण्डलको बिस्तार गरेका हुन । डोमिनिक राबलाई नयाँ विदेशमन्त्री बनाइएको छ । दुई वर्षअघि एक विवादपछि प्रिती पटेलले टेरिजा मेको सरकारबाट राजीनामा दिएकी थिइन् । बोरिस जोनसोनले सत्तामा आएपछि उनी फेरि गृह मन्त्रालयमै फिर्ता भएकी हुन ।
भारतीयमूलकी ४७ बर्षीय प्रितीको जन्म लण्डनमा नै भएको थियो । उनका आमा–बुवा गुजरातका हुन् तर पछि उनीहरु युगान्डा गएका थिए । सन १९६० को दशकमा उनीहरु ब्रिटेनमा बसे । प्रिति पटेल निकै कम उमेरमा नै कन्जर्भेटिभ पार्टीमा समावेश भएकी थिइन् । त्यतिबेला उनी २० वर्ष पनि पुगेकी थिइनन् । जुन समयमा बेलायतमा जोन मेजर प्रधानमन्त्री थिए ।
सन २०१७ मा आफ्नो नीजि इजराइल भ्रमणको विषयमा विवादपछि प्रिति पटेलले इन्टरनेशनल डेभलपमेन्ट सेक्रेटरीको पदबाट राजीनामा दिनुपरेको थियो । अगस्त २०१७ मा नीजि पारिवारिक छुट्टीमा इजराइल गएकी प्रिती पटेलले प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहू र अन्य इजराइली अधिकारीसँग भेटघाट गरेकी थिइन । यसको जानकारी उनले बेलायती सरकार वा इजराइलमा बेलायती दूतावासलाई दिएकी थिइनन् । जसले गर्दा विवादमा परेपछि उनले राजिनामा दिएकी थिइन् ।
कन्जर्भेटिभ पार्टीको चम्किलो तारा ः
कन्जर्भेटिभ पार्टीमा उनलाई एक चम्किलो ताराको रुपमा हेरिन्छ । यसअघि पनि उनले सरकारमा विभिन्न पदमा बसेर आफ्नो भूमिका निर्वाह गरेकी छिन् । जून २०१६ मा उनलाई इन्टरनेशनल डेभलपमेन्ट मन्त्री बनाइएको थियो ।
ब्रिटेनको विकासशील देशलाई दिइने आर्थिक मद्दतको काम उनले नै हेरिरहेकी थिइन् । युरोपेली संघकी आलोचक पटेलले समलैङ्गिक विवाहविरुद्ध मतदान गरेकी थिइन र धुम्रपानमाथिको प्रतिबन्धविरुद्ध अभियान चलाएकी थिइन । २०१० मा सांसद छानिएकी पटेल ब्रेक्टिज अभियानकी प्रखर समर्थक हुन । उनी २०१४ मा ट्रेजरी मन्त्री बनेकी थिइन । सन २०१५ मा आम निर्वाचनपछि उनी रोजगार मन्त्री बनेकी थिइन ।
को हुन् नयाँ अर्थमन्त्री साजिद जाविदः
४९ वर्षका साजिद जाविद पाकिस्तान मूलका परिवारका हुन । उनको जन्म पनि ब्रिटेनमा नै भएको थियो । सन् २०१८ मा जब टेरिजा मेको सरकारमा उनलाई गृहमन्त्री बनाइएको थियो तब उनी ब्रिटेनका पहिलो जातीय अल्पसंख्यक समुदायबाट आउने पहिलो गृहमन्त्री बनेका थिए । २०१० देखि सांसद बनेका उनको जन्म रकडेलमा एक पाकिस्तानी परिवारमा भयो ।
आफ्नो परिवारबारे उनले इभनिंग स्टेन्डर्डलाई भनेका थिए, ‘मेरा पिता पाकिस्तानका एउटा सानो गाउँका हुन् र उनी १७ वर्षको उमेरमा काम गर्नका लागि ब्रिटेन आएका थिए । उनले भने, ‘मेरा आमाबुवा रकडेलमा बसे र यहाँ कपडा कारखानामा काम गरे । तर उनी महत्वाकांक्षी थिए र उनलाई महसुस भयो कि बस ड्राइभरको तलब राम्रो हुन्छ । उनी बस ड्राइभर बने । उनले दिन रात नभनी काम गर्थे त्यसकारण उनलाई ‘नाइट एण्ड डे को नामले चिनिन्थ्यो ।
उनले स्कूले पढाई ब्रिस्टलबाट गरेका हुन जहाँ उनको परिवारले महिलाको कपडाको एउटा पसल खरिद गरेका थिए । यही पसलमाथि बनेको दुई कोठे कोठाको फ्ल्याटमा उनको परिवार बस्दथ्यो । स्कूले पढाईका बेला नै उनलाई बैंक र लगानीमा रुची भएको थियो । उनले १४ वर्षको उमेरमा नै आफ्ना पिताका बैंक म्यानेजसँग भेटघाट गरे र पाँच सय पाउन्ड उधारो लिए । यो रकम उनले शेयरमा लगानी गरे । त्यसपछि उनले कम उमेरमा नै बैङ्किङ क्षेत्रमा ठूलो सफलता हासिल गरे ।
इन्टरनेशनल डेभलपमेन्ट सेक्रेटरीको पदबाट राजीनामा दिनुपरेको थियो । अगस्त २०१७ मा नीजि पारिवारिक छुट्टीमा इजराइल गएकी प्रिती पटेलले प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहू र अन्य इजराइली अधिकारीसँग भेटघाट गरेकी थिइन । यसको जानकारी उनले बेलायती सरकार वा इजराइलमा बेलायती दूतावासलाई दिएकी थिइनन् । जसले गर्दा विवादमा परेपछि उनले राजिनामा दिएकी थिइन् ।
कन्जर्भेटिभ पार्टीको चम्किलो तारा ः
कन्जर्भेटिभ पार्टीमा उनलाई एक चम्किलो ताराको रुपमा हेरिन्छ । यसअघि पनि उनले सरकारमा विभिन्न पदमा बसेर आफ्नो भूमिका निर्वाह गरेकी छिन् । जून २०१६ मा उनलाई इन्टरनेशनल डेभलपमेन्ट मन्त्री बनाइएको थियो । ब्रिटेनको विकासशील देशलाई दिइने आर्थिक मद्दतको काम उनले नै हेरिरहेकी थिइन् ।
युरोपेली संघकी आलोचक पटेलले समलैङ्गिक विवाहविरुद्ध मतदान गरेकी थिइन र धुम्रपानमाथिको प्रतिबन्धविरुद्ध अभियान चलाएकी थिइन । २०१० मा सांसद छानिएकी पटेल ब्रेक्टिज अभियानकी प्रखर समर्थक हुन । उनी २०१४ मा ट्रेजरी मन्त्री बनेकी थिइन । सन २०१५ मा आम निर्वाचनपछि उनी रोजगार मन्त्री बनेकी थिइन ।
को हुन् नयाँ अर्थमन्त्री साजिद जाविदः
४९ वर्षका साजिद जाविद पाकिस्तान मूलका परिवारका हुन । उनको जन्म पनि ब्रिटेनमा नै भएको थियो । सन् २०१८ मा जब टेरिजा मेको सरकारमा उनलाई गृहमन्त्री बनाइएको थियो तब उनी ब्रिटेनका पहिलो जातीय अल्पसंख्यक समुदायबाट आउने पहिलो गृहमन्त्री बनेका थिए । २०१० देखि सांसद बनेका उनको जन्म रकडेलमा एक पाकिस्तानी परिवारमा भयो ।
आफ्नो परिवारबारे उनले इभनिंग स्टेन्डर्डलाई भनेका थिए, ‘मेरा पिता पाकिस्तानका एउटा सानो गाउँका हुन् र उनी १७ वर्षको उमेरमा काम गर्नका लागि ब्रिटेन आएका थिए । उनले भने, ‘मेरा आमाबुवा रकडेलमा बसे र यहाँ कपडा कारखानामा काम गरे । तर उनी महत्वाकांक्षी थिए र उनलाई महसुस भयो कि बस ड्राइभरको तलब राम्रो हुन्छ । उनी बस ड्राइभर बने । उनले दिन रात नभनी काम गर्थे त्यसकारण उनलाई ‘नाइट एण्ड डे को नामले चिनिन्थ्यो ।
उनले स्कूले पढाई ब्रिस्टलबाट गरेका हुन जहाँ उनको परिवारले महिलाको कपडाको एउटा पसल खरिद गरेका थिए । यही पसलमाथि बनेको दुई कोठे कोठाको फ्ल्याटमा उनको परिवार बस्दथ्यो । स्कूले पढाईका बेला नै उनलाई बैंक र लगानीमा रुची भएको थियो । उनले १४ वर्षको उमेरमा नै आफ्ना पिताका बैंक म्यानेजसँग भेटघाट गरे र पाँच सय पाउन्ड उधारो लिए । यो रकम उनले शेयरमा लगानी गरे । त्यसपछि उनले कम उमेरमा नै बैङ्किङ क्षेत्रमा ठूलो सफलता हासिल गरे ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...