
काठमाडौं । निर्मला पन्त हत्या काण्डले नेपाल प्रहरीलाई इतिहासमै सबैभन्दा कमजोर र नालायक सवित गरिरहेको बेला प्रहरीको सिंगो संगठन यो बिषयलाई अन्यत्रै मोडेर घटनालाई झन रणभुल्लमा पार्ने साजिस रच्न थालेको छ ।
यसको पछिल्लो घटनाको रुपमा प्रहरी प्रधान कार्यालयमा बाक्लिँदै गरेको पत्रकार सम्मेलन, पत्रकार भेटघाट र प्रहरी अधिकृतहरुको संचारकर्मीसँगको वाक्लिँदो व्यक्तिगत सम्वन्धलाई लिन सकिन्छ । इतिहासमा धेरै अपराधिक घटनाहरुको अनुसन्धान गर्दा दसी प्रमाण र सूचनाको पछि लाग्दा केही समय लाग्नु स्वभाविक हो ।
तर, निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीकै कमजोरीका कारण यो भटनाका दोषी पत्ता लगाउन झन कठिन हुने देखिन्छ । नेपाल प्रहरीले एक बर्षसम्म गरेका हरेक अनुसन्धान कि त उल्टो प्रकृयामा छ या त फितलो छ भनेर बुझ्न सकिन्छ ।
एकातिर घटनाको नयाँ शिराबाट अनुसन्धान भइरहेको बताउने प्रहरीको नेतृत्व अर्को तिर संचारकर्मीलाई नै आशंका त दिलिपसिंह बिष्टसँगै छ भनेर अनेकौं प्रपञ्च र वातावरण बनाउनमा व्यस्त हुन थालेको छ । निर्मला पन्तका हत्याका दोषीलाई पत्ता लगाउन प्रहरीले कुनै प्रयास नगरेको भन्दै स्थानीय वासिन्दाले छानबिनको माग गर्दा सन्नि खुनाको प्रहरीको गोली लागि हत्या भएको थियो भने तीन जना अहिले पनि अंगभंग भएका छन् ।
प्रहरीले पाँच सय २९ जनासँग बयान लिएको थियो भने ७३ जनाको डीएनए टेष्ट गरेको थियो । यि सबै बयान र टेष्टबाट पनि दोषी पत्ता लाग्न नसकेपछि प्रहरी यतिवेला यातना दिएपछि बयानमा दिएका दिलिपसिंह बिष्टलाई घेराबन्दी गर्नुभन्दा माथि उठ्न सकेको छैन । गत बर्ष साउन १० गते घरबाट साथिकोमा निस्किएकी निर्मला पन्तको शब भोलीपल्ट उखुबारीमा भेटिएको थियो । सो घटनाको अनुसन्धानमा कमजोरी गरेको, प्रमाण नष्ट गरेको र जिम्मेवारीबहन नगरेको स्थानीय प्रहरी प्रशासनको बिरोधमा स्थानीय जनता नै उत्रिएका थिए ।
प्रदर्शन हप्तौसम्म चलेपछि प्रहरीले प्रदर्शनकारमाथि दमन गरेको थियो । सो दमनको छानबिन गर्न भन्दै गृहमन्त्रालयले एक सहसचिवको संयोजकत्वमा समिति गठन गरेको थियो र सो समितिको प्रतिबेदनको आधारमा तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्ट र प्रहरी नायव उपरिक्षक जगदीश भट्टलाई सेवाबाट वर्खास्त नै गरेको छ । अन्य चार प्रहरी अधिकृतिलाई निलम्बन गरेको छ ।
तर, घटनाको एक बर्षपछि दोषी देखाइएका प्रहरीले गरेको अनुसन्धान ठीक थियो भन्ने अर्थ लगाउने गरी यतिवेला प्रहरी स्रोत उधृत गर्दै केही संचारमाध्यममा समाचारहरु आउन थालेका छन् । प्रहरीले आफूले औपचारिक रुपमा दिलिप बिष्टलाई दोषी भनेर भनेको छैन् । तर, पत्रकार सम्मेलन पछि हरेक पत्रकारलाई व्यक्तिगत सूचना भन्दै चरम यातनापछि प्रहरीको इसारमा बयान दिएको बताउने दिलिपसिंह बिष्टको भिडियो प्रहरीले बाँड्न थालेको छ ।
दिलिपसिंह बिष्टको भिडियो प्रहरीले एक बर्षपछि आएर संचारकर्मीलाई वाँड्नुपछिको उसको उदेश्य दिलिप सिंह बिष्टलाई दोषी करार गराउने रणनीति देखिन्छ । यसबाट देखिन्छ कि निर्मला पन्तका दोषी खोजिको बिषय नेपाल प्रहरीलाई फलामको चिउरा भएको छ र नेतृत्व यो घटनाको झन्जटबाट पछि हटेर पुन ःविगतकै दुष्कार्यलाई पछ्याउन खोज्दैछ ।
दिलिप सिंह बिष्टलाई यातना दिएर प्रहरीले बयान लिएको भनेर याताना दिने प्रहरी अधिकृतहरु यतिवेला वर्खास्तगी र निलम्बनमा छन् । आज नेपाल प्रहरीको नेतृत्व तिनै वर्खास्तमा परेका र निलम्बनका परेका प्रहरीको सुझाव वा इसारामा पुन दिलिप सिंह बिष्टमाथिनै खन्याउने रणनीति देखिन्छ । होइन भने निर्मला पन्तको दोषी पत्ता लगाउन संचारमाध्यमले बाधा खडा गरे भन्ने तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्टकै जस्तो भनाई संसदीय समितिको बैठकमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले पनि नबोलेका होइनन् ।
त्यसैले यतिबेला दिलिपसिंह बिष्टले प्रहरीको अनुसन्धान टोलीसँग यस्तो बयान दिएका थिए भन्दै भिडियोहरु किन बाँडिदै छ त ? यो गम्भिर बिषय बनेको देखिन्छ । एक बर्षअघि जिल्ला प्रहरी कार्यालयका प्रमुख डिल्लीराज बिष्टको इसारामा प्रहरीले नै प्रमाण नष्ट गर्न लागेको भन्दै स्थानीयले आवाज उठाउँदा प्रहरीको नेतृत्वले रेडिमेट उत्तर दिने गरेको थियो कि ‘प्रहरी अधिकृतमाथि नै शंका नगर्नुस, विश्वास गर्नुस र अनुसन्धानलाई सहयोग गर्नुस ।’
त्यसको ठीक एक बर्षपछि अहिले आएर प्रहरीको नेतृत्वले त्यस्तै संकेत दिने गरी बोल्न थालेका छन् । तर प्रहरीको अनुसन्धान भित्रको बिषय संचारकर्मीलाई वाँड्नुको ध्येय चाहीँ के हो ? भनेर प्रहरीले बताउन सकेको छैन ।
केहीले प्रहरीको त्यस्तो ग्वेबल्स शैलीको प्रचारलाई आत्मसाथ गर्दै निर्मला हत्या काण्डको दोषी दिलिप सिंह बिष्टलाई करार गर्न खोजिएको देखिन्छ । ‘निर्मलासँग जम्काभेट भयो । मनमा पाप जाग्यो । साइकल फाल्दििएँ । उखुघारीमा लगें । सेक्स गरें । रुन थाली । घाँटी निचोरेर मारिदिएँ’ यो निर्मला पन्तको हत्याको आरोप लागेका दिलिपसिंह विष्टले प्रहरीलाई दिएको बयान भन्दै बाहिर आउन थालेको छ । यस्तै कथालाई प्रहरीले स्यावासी दिने अभियान शुरु पनि गरेको छ ।
बयानपछि प्रहरीले सार्वजनिक गरेको भिडियोमा विष्टले प्रहरीसामु निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको देखाइएको छ । दिलिपसिंह बिष्टले प्रहरीसँगको बयानमा भनेका कुराहरु घटनासँग मिल्दो जुल्दो भएको भन्दै प्रहरीले निलम्बित प्रहरीले तयार गरेको रिपोर्टलाई नै प्रमाणको रुपमा अघि सार्न थालेको छ ।
बिष्टलाई प्रहरीले यातना दिएर बयान लिएको कुरा गृहको सहसचिवको संयोजकत्वमा गठित छानबिन समितिले निष्कर्ष निकालेको बिषयलाई प्रहरी नेतृत्वले अहिले उल्टाउने प्रयास स्वरुप उनै दिलिपसिंह विष्ट दोषी थियो भन्ने देखाउने उदाहरण दिन थालेको छ । बिष्टले प्रहरीसँगको बयानमा निर्मलाको सुरुवालमा बीस रुपैयाँको नोट भएको र त्यसले नजिकैको पान पसलमा गएर गुट्खा किनेको बताएका थिए ।
राति घरपुग्दा कपडा भिजेको र खोलाको बाटो हुँदै उखुबारी पुगेको जस्ता बयान दिलिपको परिवारले पनि बयानमा यो स्वीकारेको प्रहरीको दाबी छ । बम दिदीबहिनीले निर्मलाले आफ्नो घरबाट निर्मलाले अम्बा लगेको बताएका थिए ।
उता दिलिपको बयानमा पनि निर्मलाको साइकलमा अम्बाको दाना भएको बताइएको छ । दिलिपसिंह विष्टले पनि निर्मलाको बलात्कारपछि हत्या गरेको भनी प्रहरीको यातनापछिको भिडियोमा भनेका थिए ।
स्थानीय वासिन्दा र मानवअधिकारकर्मीले ‘वास्तविक अपराधी जोगाउन मानसिक अवस्था ठीक नभएको मानिसलाई जबर्जस्ती अपराधी बनाउन खोजेको आरोप प्रहरीमाथि लगाएका थिए । स्थानीयले दिलिपसिंह बिहानै घरबाट निस्किएर अबेर घर जाने गरेको, मानसिक सन्तुलन गुमाएको व्यक्ति भएकोले उसबाट निर्मलामाथि त्यस्तो हर्कत गर्यो भनेर सोच्न नसकिने बताएका थिए । प्रहरीले दिलिपसिंह विष्टले नै निर्मलाको बलात्कारपछि हत्या गरेको दावी गरेको थियो ।
तर, डिएनए रिपोर्ट नमिलेपछि, सर्वसाधारणबाट चौतर्फी दवाव परेपछि र छानबिनबाट समितिले पनि यातना दिएर बयान लिएको निष्कर्ष निकालेपछि प्रहरी दिलिपसिंह बिष्टलाई छाड्न बाध्य भएको थियो ।
प्रहरीको दबाब र प्रभावमा बोल्न थालेकी निर्मलाकी आमालाई निर्मलाका बाबुले पनि शंका गर्न थालेका छन् । प्रहरीले अहिले पनि अनुसन्धान जारी राखेको दाबी गरेर पुरानै बयानलाई प्रचार गर्न रुचाएको देखिन्छ । पछिल्लो समय प्रहरीले दिलिपसिंहको वयानको भिडियो जारी गरेर अनुसन्धान फेरि एक पटक दिलिपसिंहतिर मोडिन लागेको संकेत गरेको छ । निर्मलाको आमाले भनेको जस्तै अपराधी कुनै पनि हालतमा छुट्नु हुँदैन ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...