लोकप्रिय नेता अलोकप्रिय सरकारको भुंग्रोमा परे – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

लोकप्रिय नेता अलोकप्रिय सरकारको भुंग्रोमा परे

काठमाडांै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार अलोकप्रीयताको भुंग्रोमा परेको भन्दै कठोर टिप्पणी गरेकी छन् ।

गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा योगेश भट्टराई नियुक्त भएपछि सामाजिक सञ्जालबाट बधाई दिने क्रममा उनले ओली नेतृत्वको सरकार अलोकप्रियताको भुंग्रोमा रहेको बताएकी हुन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै आफ्नै कारणले सरकार अफ्ठ्यारोमा परेपछि मुठ्ठी फुकाउनु परेको जनाएकी छन् । उनको यो संकेत सरकार निर्माणका क्रममा आफ्नो गुटका मात्रै नेतालाई मन्त्री बनाएर अन्य गुटकालाई पाखा लगाउने ओलीको प्रवृत्तिप्रति कटाक्ष थियो भन्ने बुझ्न सकिन्छ ।

आफ्नै कारण अठ्यारोमा परेकाले केही मुठ्ठी खुकुलो बनाउनु परेको भन्दै उनले प्रधानमन्त्री ओलीप्रति निशाना सोझ्याउँदै जसका कारण योगेश दाइलाई मन्त्री बनाइयो भन्न चुकेकी छैनन् ।
सरकार अलोकप्रियताको भुंग्रोमा रहेका बेला नेता योगेशले पनि त्यही भुंग्रोमा हामफालेको उनको निष्कर्ष छ । ‘सरकार अलोकप्रियताको भूंग्रोमा छ ।

योगेश भट्टराई त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरी आमा भन्नुहुन्थ्यो, जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ’ झाँक्रीले भनेकी छन् । उनले भुंग्रोबाट निस्कन भन्दै योगेसलाई हार्दिक बधाई अनि शुभकामना पनि दिएकी छन् ।

आइयोस र गइस्योस चल्दैन
नवनियुक्त नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले आफूले सम्हालेको मन्त्रालयमा अब आइस्योस् र गइस्योसको भाषा प्रयोग नचल्ने बताएका छन् । कामभन्दा चाकडी बढी गर्ने प्रवृत्तिका कारण सरकारी निकाय र मन्त्रालयले काम गर्न नसकेको भन्दै उनले कुराभन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

राष्ट्रपतिबाट शपथग्रहण लिएलगत्तै मन्त्रालयको पदभार सम्हाल्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका योगेसले भने ‘मन्त्रालयमा आइस्योस र गइस्योस् संस्कार हुँदैन, अब यस्ता संस्कारको अन्त्य गर्छु ।’ सचिवदेखि कार्यालय सहयोगीसम्मलाई समान व्यवहार हुने बताउँदै उनले कर्मचारी र दलका नेता कार्यकर्तालाई स्वागत र बधाईका नाममा विज्ञापनमा खर्च नगर्न समेत अनुरोध गरे । मन्त्री भएपछि बधाई दिन विज्ञापन गर्ने परम्परा रहेको भन्दै आफ्नो हकमा यस्तो कार्य नगरिदिन समेत उनको आग्रह थियो ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७६ श्रावण २०, ०७: ३५

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७६ श्रावण २०, ०७: ३५

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ श्रावण २०, ०७: ३५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...