जनताको मौलिक अधिकारको जिम्मेवारी सरकारलाई – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

जनताको मौलिक अधिकारको जिम्मेवारी सरकारलाई

काठमाडौँ । संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । यसभन्दा अगाडि खानेपानीमन्त्री बीना मगरले सो प्रस्ताव बैठकमा प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावका सम्बन्धमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री मगरले जनताका मौलिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकारको जिम्मेवारी भएको बताइन् । मन्त्रीले संघीय सरकार आफ्नो अधिकारअन्तर्गत रहेर जिम्मेवार पूरा गर्न दृढ रहेको उल्लेख गर्दै पानीका स्रोत र मुहान संरक्षणमा सबैको सहयोग र भूमिका उत्तिकै महत्वपूर्ण हुने बताईन् ।

बैठकमा ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६’ पारित गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव राखेका थिए । उक्त विषयमा सभामुख कृष्णबहादुर महराले कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए ।

भारतीय नेतृ स्वराजको निधन

काठमाडौं । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ ।

‘नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उनले खेलेको भूमिका र उनीसँग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको बताएको छ ।’

राप्रपा अध्यक्ष कमल थापाले जारी गरेको विज्ञप्तिमा सुष्मा नेपालको असल मित्र र शुभेच्छुक रहेको उल्लेख गरेका छन् । राप्रपाले विज्ञप्तिमा ‘दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु’ साथै ‘शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ भनी श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ श्रावण २२, १०: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ श्रावण २२, १०: ३२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ श्रावण २२, १०: ३२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...