
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित एक दर्जन नेता यतिवेला संयुक्त अरव इमिरेट्सको दुवइमा छन् । उनीहरुले युएईमा रहेका नेपालीहरूका समस्याबारे जानकारी लिने पनि बताएका छन् । युएईमा रहेको नेपाली कांग्रेसका शुभेच्छुकहरूसँग कांग्रेसका नेताहरूले नेपाली कामदारको समस्या र अवस्थाको बारेमा जानकारी लिएको तरुण दल उपाध्यक्ष उत्तम चापागाईंले बताए ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाली कांग्रेस जनसम्पर्क समिति युएइको अधिवेशनको अवसरमा युएइ पुगेका नेताहरुल युएईका सात वटा स्टेटका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूसँग नेपाली कामदारहरुको अवस्थाको विषयमा परामर्श गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा.शेखर कोइराला, नेविसंघका पूर्वमहामन्त्री उमेशजंग रायामाझी, पूर्वसांसद रामहरि खतिवडा, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले नेपाली जनसम्पर्क समितिका नेताहरूसँग नेपाली कामदारका समस्याको जानकारी लिएका हुन् ।
कांग्रेस नेता डा. शेखर एक सातादेखि दुवईमा छन् । कोइरालापछि दुवइको भ्रमणमा रामहरि खतिवडा, उत्तम चापागाईं, कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमला, पूर्वप्रधानमन्त्री स्वर्गीय शुसील कोइरालाका प्रमुख स्वकीय सचिव अतुल कोइराला गएका थिए । महामन्त्री पूर्णबहादुर खड्का करिव दुई दशकपछि पहिलो पटक विदेश गएका हुन् ।
खड्का विहीबार दुवइ गएका थिए भने प्रवक्ता शर्मा र उमेशजंग रायामाझीसहितको अर्को टोली विहीबार साँझ दुवइ गएको थियो । नेपाली कांग्रेसका नेताहरूले विश्वको अग्लो टावर बुर्ज खलिफा, पूर्ण सफारी पार्कको अबलोकनका साथै उनीहरूले जेलमा रहेका नेपालीहरूलाई पनि भेटेका थिए ।
यसअघि शुक्रबार नेपाली जनसम्पर्क समिति युएईको अधिवेशनले भुवानी तिमल्सिनालाई सभापतिमा सर्वसम्मत चयन गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा दुवईमा भएको अधिवेशनले सर्वसम्बत रुपमा नयाँ नेतृत्व चुनेको हो । सम्पर्क समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रविक्रम सारु, उपसभापतिमा दीपक खड्का, भुमी चालिसे र अमर रानाभाट चयन भएका छन् ।
महामन्त्रीमा हरि खड्का, सहमहामन्त्रीमा विनोद तामाङ, शिव चालिसे र चित्रहाङ लिम्बु तथा कोषध्यक्षमा कृतिमान पुन रहेका छन् । अधिवेशनले १४ औँ महाधिवेशनमा भाग लिनका लागि महासमिति सदस्य छनोट गरेको छ । जसमा भुवानी तिमल्सिना, चित्रबहादुर केसी र खेमराज बस्नेत छन् । महाधिवेशन प्रतिनिधिमा चन्द्रविक्रम सारु मगर, राजेन्द्र अधिकारी, मनोजकुमार श्रेष्ठ गोर्खाली र ज्ञानेन्द्र बहादुर खत्री रहेका छन् ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...