पार्टी एकता गरेकोमा किन पछुताए प्रचण्ड ? – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

पार्टी एकता गरेकोमा किन पछुताए प्रचण्ड ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गरेकोमा पछुताउन थालेका छन् । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालिन नेकपा माओवादी केन्द्रको अध्यक्षको हैसियतले पुष्पकमल दाहाल प्रचण्डले १७ असोज २०७४ मा पार्टी एकताको घोषणा गरेका थिए ।

शुक्रबार पार्टीका ३३ विभागको प्रमुख र उपप्रमुख तोकिएकै भोलीपल्ट शनिबार राजधानीमा नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले गरेको कार्यक्रममा प्रचण्डले कहिलेकाहिँ आफूलाई पार्टी एकता नगरेको भएपनि हुन्थ्यो भन्ने अनुभूति भएको बताएका हुन् ।

नेकपा सचिवालय बैठकले ३३ वटा विभागको प्रमुख चयन गर्दा स्कुल विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिन अर्का अध्यक्ष ओलीले अश्विकार गरेपछि आफूले भने जस्तो नभएको भन्दै असन्तुष्ट रहेका प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । विदेश विभाग, संगठन विभाग आदिमा पूर्व एमाले निकटका नेताहरुलाई चयन गरेको छ ।

उनले पार्टीको बैठकमा धेरैकुराहरु त्याग गरिएको स्मरण गर्दै कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि पनि गरिएको दाबी गरे । सरकारको विषयमा कुराकानी गर्दै उनले यस्तो अबसर सधैं नआउने भन्दै यसलाई सरकारले अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताए ।

पूर्वमाओवादीका नेताहरुले अध्यक्ष दाहाललाई ओलीको उधारो आश्वासनमा सम्झौता गरेको भन्दै असन्तुष्टी पनि जनाएका थिए । दाहाललाई भविष्यमा प्रधानमन्त्री हुने आशामा ओलीका हरेक प्रस्तावमा ल्याप्चे लगाएको आरोप लाग्दै आएको छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ भाद्र ३, १०: १९

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ भाद्र ३, १०: १९

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ भाद्र ३, १०: १९

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...