तीनथानामा तिज कार्यक्रममा महिला, पुरुष छमछमी – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

तीनथानामा तिज कार्यक्रममा महिला, पुरुष छमछमी

काठमाडौं । यतिबेला नेपाली महिलाहरुको तिज सुरु भएको छ । भाद्र १५ गते नेपाली महिलाहरुले रातको १२ बजेसम्म दर खाने र १६ गते सोमबार बिहान नदी किनारमा गई स्नान पछि निलाहार अर्थात पानी पनि नखाई व्रत बस्ने गर्दछन् । हरितालिका तिजमा व्रत बस्नाले विवाह भएको महिलाहरुले आफ्नो श्रीमान्को शु–स्वास्थ र दीर्घायुको कामना गर्दै दिनभरी नाचगान गर्दै भगवान् शिवको पुजाआजा गर्ने चलनचल्ती रहेको छ ।

यो तिजलाई हाल देशविदेशमा रहेका नेपाली महिलाहरुले उत्साह पूर्वक मनाउन थालेका छन् । नेपालको केही जिल्लाहरुमा पार्टी प्यालेस र ठुला रेस्टुरेन्टहरुमा भोज खाने, नाच्ने लगायतका कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले गरेको अनुरोधलाई एक महिना अगाडिदेखिको दर खाने कार्यक्रम केही हदसम्म कम भएपनि यो हप्ता भने निकै चहलपहल देखियो ।

देशविदेशमा समेत दर खाने कार्यक्रम गर्दै नाचगानको कार्यक्रम गरेको सामाजिक सञ्जालमा निकै प्रचार भयो । यसै सन्भर्दमा चन्द्रागिरी नगरपालिका वडा नं. १५ स्थित तीन थानाका नेपाल महिला संघका महिलाहरुले दर खाने कार्यक्रम आयोजना गरेका थिए, जसको प्रमुख अथिति पूर्व मन्त्री एवं माननीय भीमसेनदास प्रधान रहेका थिए ।

समाजमा भएको विकृत्ति, विसंगति हटाऊ, सांस्कृतिक मूल्य–मान्यतालाई जोगाऊ भन्दै चन्द्रागिरी नगरपालिका वडा नं. १५ स्थित तीनथानाका महिला दिदीबहिनीहरुले आयोजना गरेको तीज कार्यक्रम

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ भाद्र १५, ११: ५६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ भाद्र १५, ११: ५६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ भाद्र १५, ११: ५६

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...