सरकार विरोधी सांसदहरुलाई अमेरिका सयरको अफर – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सरकार विरोधी सांसदहरुलाई अमेरिका सयरको अफर

काठमाडौं । सरकारका बिरुद्ध आगो ओकल्ने र वारम्बार बिरोध गर्ने सत्ता र प्रतिपक्षी दलका सांसदहरुलाई सरकारको सिफारिसमा संयुक्त राज्य अमेरिका घुम्ने गोल्डेन अफर दिएको छ । यसरी अमेरिकाको सयरको अवसर पाउने नेताहरुमा सत्तारुढ नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे छन् । उनी अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाका कट्टर विरोधी हुन ।

उनी अर्थमन्त्री खतिवडाको अर्थनीतिका कारण मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गरेको बताउँदै आएका छन् । उनी माधवकुमार नेपाल पक्षधर नेता हुन् । यस्तै, सरकार बिरोधी नेताको रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, सत्तारुढ समाजवादी पार्टीको नेता भएर पनि गुठी विधेयक, मानवअधिकार बिधेयकमा खरो बिरोध गर्दै आएका थिए ।

राज्य व्यवस्था समितिमा सरकारले ल्याएको नागरिकता बिधेयक लगायतका बिषयमा नेकपामा सांसद बिजय सुब्बाले र समावेसी आधारमा लोकसेवा आयोगले जनशक्ति नमागेको तथा दलित आयोग गठन नगरेको भन्दै नेकपाकै सांसद अञ्जना बिसंखेले खरो विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री र अन्य मन्त्रीलाई प्रश्नोत्तरमा र्याख र्याख्ती पार्ने कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई पनि सरकारले अमेरिका सयरको सुविधा दिने भएको हो ।

नेपाल पोलिटिकल पार्टीज युएस स्टडी मिसनको लागि संयुक्त राज्य अमेरिका जान लागेका नेताहरुमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपाका सांसद विजय सुब्बा, सुरेन्द्र पाण्डे र अञ्जना विसंखे, कांग्रेसका सरिता प्रसाईँ, डा. मिनेन्द्र रिजाल लगायतका नेता पर्छन ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ भाद्र २३, ०८: ०२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ भाद्र २३, ०८: ०२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ भाद्र २३, ०८: ०२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...