टान र दमक उद्योग वाणिज्य संघमा लोकतन्त्रबादीको बर्चश्व, नेकपा निकटको लज्जास्पद पराजय – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

टान र दमक उद्योग वाणिज्य संघमा लोकतन्त्रबादीको बर्चश्व, नेकपा निकटको लज्जास्पद पराजय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको नेपाल ट्रेकिङ एजेन्टस एशोसिएन (टान) र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतन्त्रबादीले सानदार विजय हासिल गरेको छ ।

टानमा नेपाल कम्युनिष्ट पार्टी निकट अन्जान थापाको समूह पराजीत गर्दै लोकतन्त्रबादी समूहका खुमबहादुर सुवेदी टानको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्जान थापालाई लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् । सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका थिए भने थापाले ४ सय ३८ मत ल्याएका थिए ।

यस्तै दमक उद्योग वाणिज्य संघ दमकको अध्यक्षमा कांग्रेस निकटका गोकुल श्रेष्ठ अध्यक्षमा बिजयी भएका छन् । सत्तारुढ नेकपा निकटबाट अध्यक्षमा उम्मेदवार भएका विमल खतिवडाको लज्जाजनक पराजय भएको छ । टानको बरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्र्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका हुन् । उनीहरु सबै लोकतान्त्रिक समूहका हुन् । यो समूहबाट सदस्यहरुमा सनम शेर्पा, सिम्बा शेर्पा, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।

टानको दुई कार्यकाल एमाले माओवादीको पकडमा रहेको टानमा यसपटक नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले बिजय हासिल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई समेत बिबादमा तान्न थालेका छन् । पर्यटन मन्त्री योगेशको प्रयासलाई असफल पार्न र थापालाई हराउन साविक एमालेको पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, मदन आचार्य, पूर्ण कुँवरहरु लागेको आरोप मन्त्री भट्टराई निकटहरुले लगाउन थालेका छन् ।

महासचिवमा नेकपा निकट सरिता लामा जित्ने, सचिव र ७ सदस्य पनि नेकपा निकट नै निर्वाचित हुने तर अध्यक्षमा अलोकप्रिय थापालाई बोकेकाले हारेको आरोप उनीहरुले लगाएका छन् । नेकपाका नेता घनश्याम भूसाल र मुकुन्द न्यौपाने उम्मेदवार चयनदेखि नै मैदानमा हुँदा पनि थापा हार्नुमा उनीहरुको पनि कमजोरी रहेको मन्त्री भट्टराई बिरोधी खेमाको आरोप छ ।

दीको पकडमा रहेको टानमा यसपटक नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले बिजय हासिल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई समेत बिबादमा तान्न थालेका छन् । पर्यटन मन्त्री योगेशको प्रयासलाई असफल पार्न र थापालाई हराउन साविक एमालेको पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, मदन आचार्य, पूर्ण कुँवरहरु लागेको आरोप मन्त्री भट्टराई निकटहरुले लगाउन थालेका छन् ।

महासचिवमा नेकपा निकट सरिता लामा जित्ने, सचिव र ७ सदस्य पनि नेकपा निकट नै निर्वाचित हुने तर अध्यक्षमा अलोकप्रिय थापालाई बोकेकाले हारेको आरोप उनीहरुले लगाएका छन् । नेकपाका नेता घनश्याम भूसाल र मुकुन्द न्यौपाने उम्मेदवार चयनदेखि नै मैदानमा हुँदा पनि थापा हार्नुमा उनीहरुको पनि कमजोरी रहेको मन्त्री भट्टराई बिरोधी खेमाको आरोप छ ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७६ भाद्र २४, १२: २९

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७६ भाद्र २४, १२: २९

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ भाद्र २४, १२: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...