टान र दमक उद्योग वाणिज्य संघमा लोकतन्त्रबादीको बर्चश्व, नेकपा निकटको लज्जास्पद पराजय – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

टान र दमक उद्योग वाणिज्य संघमा लोकतन्त्रबादीको बर्चश्व, नेकपा निकटको लज्जास्पद पराजय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको नेपाल ट्रेकिङ एजेन्टस एशोसिएन (टान) र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतन्त्रबादीले सानदार विजय हासिल गरेको छ ।

टानमा नेपाल कम्युनिष्ट पार्टी निकट अन्जान थापाको समूह पराजीत गर्दै लोकतन्त्रबादी समूहका खुमबहादुर सुवेदी टानको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्जान थापालाई लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् । सुवेदीले ५ सय २१ मत ल्याएर विजयी भएका थिए भने थापाले ४ सय ३८ मत ल्याएका थिए ।

यस्तै दमक उद्योग वाणिज्य संघ दमकको अध्यक्षमा कांग्रेस निकटका गोकुल श्रेष्ठ अध्यक्षमा बिजयी भएका छन् । सत्तारुढ नेकपा निकटबाट अध्यक्षमा उम्मेदवार भएका विमल खतिवडाको लज्जाजनक पराजय भएको छ । टानको बरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्र्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका हुन् । उनीहरु सबै लोकतान्त्रिक समूहका हुन् । यो समूहबाट सदस्यहरुमा सनम शेर्पा, सिम्बा शेर्पा, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।

टानको दुई कार्यकाल एमाले माओवादीको पकडमा रहेको टानमा यसपटक नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले बिजय हासिल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई समेत बिबादमा तान्न थालेका छन् । पर्यटन मन्त्री योगेशको प्रयासलाई असफल पार्न र थापालाई हराउन साविक एमालेको पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, मदन आचार्य, पूर्ण कुँवरहरु लागेको आरोप मन्त्री भट्टराई निकटहरुले लगाउन थालेका छन् ।

महासचिवमा नेकपा निकट सरिता लामा जित्ने, सचिव र ७ सदस्य पनि नेकपा निकट नै निर्वाचित हुने तर अध्यक्षमा अलोकप्रिय थापालाई बोकेकाले हारेको आरोप उनीहरुले लगाएका छन् । नेकपाका नेता घनश्याम भूसाल र मुकुन्द न्यौपाने उम्मेदवार चयनदेखि नै मैदानमा हुँदा पनि थापा हार्नुमा उनीहरुको पनि कमजोरी रहेको मन्त्री भट्टराई बिरोधी खेमाको आरोप छ ।

दीको पकडमा रहेको टानमा यसपटक नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले बिजय हासिल गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई समेत बिबादमा तान्न थालेका छन् । पर्यटन मन्त्री योगेशको प्रयासलाई असफल पार्न र थापालाई हराउन साविक एमालेको पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, मदन आचार्य, पूर्ण कुँवरहरु लागेको आरोप मन्त्री भट्टराई निकटहरुले लगाउन थालेका छन् ।

महासचिवमा नेकपा निकट सरिता लामा जित्ने, सचिव र ७ सदस्य पनि नेकपा निकट नै निर्वाचित हुने तर अध्यक्षमा अलोकप्रिय थापालाई बोकेकाले हारेको आरोप उनीहरुले लगाएका छन् । नेकपाका नेता घनश्याम भूसाल र मुकुन्द न्यौपाने उम्मेदवार चयनदेखि नै मैदानमा हुँदा पनि थापा हार्नुमा उनीहरुको पनि कमजोरी रहेको मन्त्री भट्टराई बिरोधी खेमाको आरोप छ ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७६ भाद्र २४, १२: २९

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०७६ भाद्र २४, १२: २९

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७६ भाद्र २४, १२: २९

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...