पार्टीमा कोही मालिक र कोही मजदुर छैनः सिटौला – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

पार्टीमा कोही मालिक र कोही मजदुर छैनः सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्र कोही मालिक र कोही मजदुर नभएको भन्दै काठमाडौमा बस्ने नेतादेखि गाउँमा बस्ने कार्यकर्तासम्म सबैको हैसियत समान भएको बताएका छन् । उनले पार्टी भित्र बृहत एकताको लागि आग्रह गरेर मात्र एकता नहुने भन्दै व्यवहारबाटै एकता प्रस्तुत गर्न नेतृत्वसँग आग्रह गरे ।

कांग्रेसको केन्द्रीय नीति,अनु्सन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा भक्तपुर पुगेका सिटौलाले नेतृत्वले नेता र कार्यकर्तामाथि विभेद भएको भनी आलोचना समेत गरे । उनले पार्टीमा सबै समान भएको भन्दै कांग्रेसमा बृहत एकता बोलीमा होइन एकता, नीति, रणनीति, कार्यक्रम, व्यवहार, विचार र नेतृत्वको जिम्मेवारी वाँडफाँटमा हुनु पर्छ भन्दै सिटौलाले सिद्धान्त, दृष्टिकोण, काम गर्ने शैली र पार्टी भित्रको सन्तुलनको आधारमा मात्र एकता सम्भव हुने बताए ।

पार्टी भित्र गुट र उपगुटको नाममा कार्यकर्तामाथि विभेद हुने गरेको तर्फ संकेत गर्दै सिटौलाले पार्टीमा एकता हुनकोलागि ‘म भन्छु, तिमी मान । म बोल्छु, तिमी सुन ।

म खाई रहन्छु , तिमी हेरेर बस, म महलमा बस्छु, तिमी झुपडीमा नाङ्गै बस ’ भनेर एकता असम्भव रहेको बताए । सभापति शेरबहादुर देउवा र संस्थापनपक्षबाट पार्टी भित्र बृहत एकताको लागि आव्हान भइरहेको सन्दर्भमा असन्तुष्ट नेता सिटौलाले एकता बन्न नेताबीच समानता हुनु पर्नेमा जोड दिएका हुन् ।

कांग्रेस समाजबादी विचार बोकेको पार्टी भएकाले कोही मालिक र कोही कामदार नभएको र सबैको पार्टीमा समान हैसियत रहेको भन्दै उनले कांग्रेसको नेतृत्वमा धेरै परिवर्तन भए पनि कांग्रेस भित्रै भने परिवर्तन हुन नसकेको गुनासो गरे ।

निर्वाचन आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा सरकारले हस्तक्षेप गरेको भन्दै उनले संवैधानिक परिषद्को सदस्यको हैसियतमा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा समेत बैठक बसेर निर्णयहरु भइरहनु संविधान विपरित रहेको बताए । ‘कर्मचारीतन्त्रमाथि अंकुस लगाउने काममा सरकार लागेको छ ।

सरकार गलत र संविधान विपरित वाटोमा हिँडेको छ ’, सिटौलाले भने । उनले विगतमा कांग्रेसले राम्रा काम पनि गरेको भन्दै निर्वाचनमा जे जति गल्ति गरिएको छ, त्यसमा सच्याउने प्रतिवद्धता आउनु पर्ने माग गरे ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले बालुवाटारमा प्रतिगामी शक्तिहरु एकजुट भए र षडयन्त्र भयो भनेर सर्वदलिय बैठक गरेबाट सरकार असफल भइसकेको देखिएको बताए ।

उनले कम्युनिष्टहरु देशको शासन गर्न नालायक छन भन्ने पुष्टी भएको दाबी गर्दै सरकारमा बस्नेहरुले नै भ्रष्टाचारलाई संस्थागत गराईरहेको दाबी गरे । सरकारले अख्तियार र न्यायलयलाई तर्साएर र धम्क्याएर भ्रष्टाचारलाई संस्थागत गरिरहेको पौडेलको आरोप थियो ।

उनले उपभोक्ता समिति र आफै ठेकेदार भएर सरकारले मच्चाई रहेको लुटतन्त्र, कुशासन र असन्तुष्टीले निरास भएका जनतालाई लोकतन्त्र बिरोधमा दुरुपयोग गर्न सक्ने तर्फ सचेत हुन आग्रह गरे । उपसभापति विमलेन्द्र निधिले पार्टी नेताले एक अर्कालाई दोष दिने कार्यशैलीबाट मुक्त हुनुपर्ने भन्दै त्यसका लागि हामी भित्रै जागरण हुनु पर्ने बताए ।

उनले निर्वाचनमा पराजित भए पछि त्यो निरासामै बस्न नह्ुने जनाए । महामन्त्री डा. शशांक कोइारलाले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुञ्जिरहेको भन्दै आगामी निर्वाचनमा भक्तपुरबाट कांग्रेसका उम्मेदवारलाई जसरी पनि जिताउनु पर्ने वताए ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ भाद्र २४, १२: ३१

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ भाद्र २४, १२: ३१

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ भाद्र २४, १२: ३१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...