गाडी खरिदको अनियमितता ढाकछोपमा सांसद – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

गाडी खरिदको अनियमितता ढाकछोपमा सांसद

काठमाडौं । संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिको लागि खरिद गरेको ११ वटा स्कोर्पियो गाडीमा अनियमितताको आंशका गर्दै गठन गरिएको छानबिन समितिले प्रतिवेदनमा आर्थिक अनियमितता नगरेको ठहर गरेको छ ।

सभामुख कृष्णबहादुर महराले राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति तथा छानविन समितिका संयोजक रामनारायण बिडारीले बुझाएको छानबिन प्रतिवेदनमा सवारी खरिदमा आर्थिक अनियमितता गरेको प्रमाण नभेटिएको बताएका थिए । आफूहरुले एउटै गाडी किन्दा पनि केही छुट दिने गरेको अनुभव सुनाएका सासद बिडारीले तर संसद सचिवालयले ११ वटा गाडी किन्दा एक रुपैयाँ पनि छुट नदिएको विषयमा भने अचम्म माने ।

उनले सचिवालयले बोलपत्र आव्हान गरेरै खरिद गरेका कारणले कम मुल्यमा सवारी खरिद गरेको नदेखिएको बताए । बिडारीले सवारी खरिदमा कागजात दुरुस्त भएको भन्दै प्राविधिक रुपमा कमजोरी गर्नेलाई कारवाहीको सिफारिस गरेका छन् । गाडी खरिद गर्दा प्रक्रिया पुर्याएको सबै कागजात मिलेकै देखिएको भन्दै संयोजक बिडारीले पहिले गाडी विग्रियो भन्दै गुनासो गर्ने सांसद नै छानबिन समितिले बोलाउँदा नआएको गुनासो गरे ।

उनले ५÷७ जना सभापति समितिले बोलाउँदा समेत नआएको भन्दै केही सभापति भने कार्यव्यस्ताले नभएको जनाए । संसद सचिवालयले खरिद गरेका गाडी एक महिना नपुग्दै बिग्रिएको गुनासो गर्दै समिति सभापतिहरु सभामुख र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई भेटेर छानबिनको माग गरेका थिए ।

छानबिनको माग गर्ने सभापतिहरु नै छानबिन समितिले बोलाएको बैठकमा नआएपछि अन्य सांसदहरुले समेत मिलेमतोमा प्रतिवेदन आएको आशंका गरेका छन् । संसद सचिवालयले गरिद गरेका गाडीमध्ये एउटामा गियरले काम नगर्ने अर्को स्टार्ट नहुने, अर्कोमा आवाज बढी आउने र थर्कने गरेको भेटिएको बिडारीले जनाए ।

उजुरी गर्ने समिति सभापतिले अधिकांश गाडीमा झ्याल ढोकाका सिसा खोल्न–लगाउने गाह्रो हुने, वाइफरको समस्या, स्पिकरमा खराबी रहेको गुनासो गरेका थिए । कम्पनीले तत्कालै ती सामान फेरिदिने आश्वासन पाए पछि सभापतिहरु चुप बसेको हुन सक्ने संसद सचिवालयका एक कर्मचारीले बताए । छानबिन समितिका सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट छिन् ।

कुल १६ वटा गाडी खरिदको निर्णय गरेको सचिवालयले वैशाखमा ५ वटा गाडी प्राप्त गरेको थियो । त्यसमध्ये ११ वटा गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन्। सचिवालयले महिन्द्रा एस–पाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ भाद्र २४, १२: ३६

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ भाद्र २४, १२: ३६

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ भाद्र २४, १२: ३६

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...