सपथमा तोडफोडपछि माधव र मातृकालाई कारबाहीको तयारी – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सपथमा तोडफोडपछि माधव र मातृकालाई कारबाहीको तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबैभन्दा कमजोर प्रदेशको रुपमा रहेको २ नम्वर प्रदेशमा संगठन सुदृढ हुनुको सट्टामा झन बिबाद चर्किदै गएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच एकत घोषणा भएको १५ महिनापछि एकीकृत पार्टीको जिल्ला कमिटिका पदाधिकारी र सदस्यलाई सपथ खुवाउनै हम्मेहम्मे भएको थियो ।

सपथ कार्यक्रम प्रदेश २ का आठ वटै जिल्लामा एकै पटक गर्ने योजना भए पनि असन्तुष्टी विरोध र अवरोध पछि सुरक्षा घेरामा २ वटा जिल्लाको मात्र सपथ ग्रहण कार्यक्रम आयोजना गरिँदै आएको छ । सपथ ग्रहण कार्यक्रममा भएका बिरोध र तोडफोडको कारण पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादव भएको दोष लगाउँदै कारबाहीको सिफारिस समेत हुने भएको छ ।

तोडफोड र अवरोध गर्ने कार्यमा नेपाल र यादव निकटका नेताहरुको सक्रियता देखिएकोले कारबाहीको सिफारिस गर्न लागिएको छ । २ नम्वर प्रदेशका आठ जिल्लामध्ये अधिकांसमा मातृका र माधव नेपला गुटलाई पाखा लगाएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निकटकालाई नेतृत्व र अवसर दिइएको छ ।

गत भदौ २४ गतेको महोत्तरीको बर्दिबासमा आठ जिल्लाका जिल्ला कमिटीका सदस्यलाई सपथ ग्रहण कार्यक्रम राखिएको थियो । तर, बिबाद बढ्न थालेपछि राति प्रहरीको सुरक्षा घेरामा सिरहा र सप्तरीका पदाधिकारीको मात्र शपथ ग्रहण कार्यक्रम राखिएको थियो । कार्यक्रम सुरु हुनासाथ पदाधिकारी चयनमा असन्तुष्ट नेताले तोडफोड गरेका थिए भने प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास गरेका थिए ।

कार्यक्रममा भाँडभैलो भएपछि दिनभर शपथ ग्रहण स्थगित गरी असन्तुष्ट नेताहरू घर फर्किसकेपछि शपथ गराएको थियो । असन्तुष्ट नेतालाई बर्दिवासको एक होटलबाट वाहिर निकाली बन्द कोठामा सिरहा र सप्तरीका पदाधिकारीको शपथ गराइएको थियो । घटनापछि बर्दिबासमै बसेको प्रदेश २ कमिटीको गोप्य वैठकले नेता नेपाल र यादवमाथि छानबिन गरी कारबाही गर्न केन्द्रसँग माग गर्ने निर्णय भएको स्रोतले जनायो । उनीहरुले पूर्वमन्त्रीद्वय उमेश यादव, महेन्द्र पासवान र केन्द्रीय सदस्य जगत यादवलाई कारबाही गर्न माग गरेका छन् ।

शपथ ग्रहण समारोहमा तोडफोडमा पूर्वमन्त्री उमेश यादव, महेन्द्र पासवान र जगत यादवले नेतृत्व लिएका थिए । सो कार्यक्रम भाँड्न नेता नेपाल र मन्त्री यादवले निर्देशन दिएको आरोप प्रदेश कमिटिले लगाएको छ । जगत यादवलाई केन्द्रीय कमिटीबाट हटाउन र उमेश यादवलाई साधारण सदस्यसमेत खारेज गर्न प्रदेश कमिटीले केन्द्रसँग माग गरेको छ । त्यस्तै, प्रदेश कमिटी सदस्य गंगा पासवान र फुलगेन नायकलाई पनि कारबाहीको माग गरिएको छ । गंगा पासवान अहिले सिरहाको कर्जन्हा नगरपालिकाका मेयर हुन । प्रदेश कमिटिले गरेको निर्णय केन्द्रले सार्वजनिक गरेको छैन ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७६ भाद्र ३०, ०६: ०५

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७६ भाद्र ३०, ०६: ०५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७६ भाद्र ३०, ०६: ०५

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...