कांग्रेस सभापति कोइरालामाथि आक्रमण गर्ने नेकपा नेता हिरासतमा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

कांग्रेस सभापति कोइरालामाथि आक्रमण गर्ने नेकपा नेता हिरासतमा

काठमाडौं । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालासहति एक दर्जन नेतामाथि आक्रमण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय वाँकेमा १० जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

सभापति कोइरालाका छोरा सुधांशु कोइरालाले कांग्रेसको जागरण अभियानका क्रममा खजुराको सितापुरमा भएको कार्यक्रममा आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका हुन् । खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमनराज मल्लसहित १० जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिइएको हो ।

प्रहरीले पक्राउ गरेका मल्ल नेपालगञ्जस्थित होटल स्नेहाका संचालन हुन् । बिबादस्पद क्षवि भएका मल्लमाथि काठ तस्करीको आरोप लाग्दै आएको छ ।

खजुराको सितापुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा हिमाल, पहाड तराई, मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला भएको आक्रमणबाट सभापति कोइरालाको हात भाँचिएको छ । आक्रमणमा दर्जनबढी कांग्रेस नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

वडाध्यक्ष मल्लकै निर्देशनमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मुमबहादुर ओली, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री, लोके र सुनिलले आक्रमण गरेको कांग्रेसले जनाएको छ । आक्रमणको विरोधमा कांग्रेसले शुक्रवार नेपालगन्जमा प्रदर्शन गरेको थियो प्रदर्शनसँगै कांग्रेसले नेपालगन्जस्थित विपी चोकमा एक घण्टा चक्काजाम समेत गरेको थियो ।

घटनाको भत्सर्ना गर्र्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका कार्यकर्ताले कांग्रेउको सभामाथि गरेको अक्रमण एक ७० बर्षे आमामाथि गरेको आक्रणको संज्ञा दिएका छन् । उनले राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको भन्दै बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, कांग्रेसको उर्लदो जनलहर र जनसहभागिता देखेर सरकार अत्तालिएको आरोप लगाए ।

घटनाको बिरोधमा शनिबार कांग्रेसको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापतिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएका थिए भने दिउँसो तीन बजे माईतिघरमा प्रदर्शन गरेका थिए ।

नेकपा बाँकेले किन जनायो असहमति ?
यता नेकपाले शुक्रबार नेपालगन्जस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेकपाका कार्यकर्ताले कांग्रेसको आमसभालाई लक्षित गरी आक्रमण नगरेको दाबी गरेको छ ।

नेकपाका वाँके जिल्ला अध्यक्ष आइपी खरेलले कांग्रेसले घटनालाई अतिरन्जित बनाउन खोजेको भन्दै कांग्रेसको सभामा प्रहरीको फरार सूचीमा रहेका असलम भाटलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा झडप भएको दाबी गरेका छन् ।

उनले कांग्रेस सभापति किरण कोइरालालाई घरमा सकुसल पुर्याएको दावी गर्दै अचानक हात भाँचिएको समाचार बाहिर आएकोमा आशंका ब्यक्त गरेका छन् । प्रहरीले निर्मल खत्री, लोक बहादुर शाही र रोशन सिंह ठकुरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७६ भाद्र ३१, ०९: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७६ भाद्र ३१, ०९: १३

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७६ भाद्र ३१, ०९: १३

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...