
काठमाडौं । तत्कालिन नेकपा एमालेका दुई तिहाई बढी उम्मेदवारले संघीय संसद र प्रदेश सभको निर्वाचनमा विजय हाँसिल गर्दा पराजित भएका प्रभावशाली नेता बामदेव गौतमको पछिल्ला गतिविधि निकै बिबादित र आलोचित हुँदै आएको छ ।
जसरी पनि संघीय संसदको सदस्य हुनै पर्ने मनोविज्ञानका कारण गौतमले नेकपा एमालेबाट प्रत्यक्षमा निर्वाचित सांसदहरुलाई बाँके, दैलेख, डोल्पा र काठमाडौं ७ बाट राजिनामा दिएर ति क्षेत्रमा उप निर्वाचन गराउने र आफू उम्मेदवार बनेर सांसद हुने योजना समेत बुनेका थिए । काठमाडौं ७ का तत्कालिन एमालेबाट निर्वाचित सांसद रामबीर मानन्धरले राजिनामा दिएपछि गौतमको सांसद भन्ने अभिलाषालाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएका थिए ।
त्यसपछि राष्ट्रिय विकास प्राधिकरणको अध्यक्ष भएर काम गर्ने योजनालाई समेत प्रधानमन्त्री ओलीले साथ दिएनन् । त्यसपछि आफ्नो राजनीतिक यात्रामा नै ब्रेक लगाउन प्रधानमन्त्री ओली बाधक बनेको निष्कर्ष निकालेका गौतमले सम्पूर्ण शक्ति लगाएर ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए । आफूलाई सँधै शक्तिकेन्द्रमा रहीरहनु पर्ने मानसिकताले ग्रसित गौतमले नेकपाको नौं सदस्यीय सचिवालय सदस्यबीचको मोर्चाबन्दीबाट ओलीलाई घेराबन्दी गरेका थिए ।
ओलीको पक्षमा महासचिव विष्णु पौडेल र इश्वर पोखरेल मात्र देखिएपछि ओलीले अध्यक्ष पुष्पकमल दाहाल र रामबहादुर थापा बादललाई भर गर्न सकेका थिएनन् । गौतमले सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलाई ओलीबिरुद्धको मोर्चाबन्दीमा सामेल गराएका थिए ।
गौतमले आफूबिरुद्ध मोर्चाबन्दी गरेको देखेर त्रसित बनेका ओलीले पछिल्लो समय गौतमलाई नजिक ल्याएका छन् । गौतमलाई पर राखेर आफ्नो योजना सफल नहुने देखेका ओलीले पछिल्लो समय गौतमलाई नेकपाको संगठन विभाग प्रमुख र किसान संघको अध्यक्षको जिम्मेवारी समेत दिएका थिए । आफू निकटका नेता तथा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधनपछि धेरैले गौतमलाई सांसद बन्ने उपयुक्त मौका मिलेको आंकलन गरेका थिए ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट बामदेव गौम उठ्नु पर्ने माग हुँदै आएको थियो । तर आफू संगठन विभाग जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेकोले संगठनमा आफ्नो प्रभाव देखाउन उनले काश्की निर्वाचन क्षेत्र नं २ मा हुने उप निर्वाचनमा नउठ्ने संकेत दिएका छन् ।
गौतमले पार्टीको सचिवालय बैठकमा समेत कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएका छन् । गौतमलाई काश्कीबाट उपनिर्वाचनमा उम्मेदवार हुन आग्रह र सिफारिस भएको थियो । बर्दिया क्षेत्र नं १ बाट संघीय संसदको निर्वाचनमा उम्मेदवार भएका गौतमले तत्कालीन वाम गठबन्धन एमाले र माओवादसँग कांग्रेसको तुलनामा ३२ हजार मत बढी थियो ।
तर, पनि गौतम पराजित हुनुपरेको घटनाबाट तर्सिएका गौतमले त्यहाँ पनि अन्तरघात हुन सक्ने भन्दै उम्मेदवार नबन्ने निष्कर्षमा पुगेको बताएका छन् । गौतमले असोज ४ गते बिज्ञप्ती जारी गर्दै ‘बर्दियाको तुलनामा त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ गौतमले आफूवाहेक काश्कीबाट स्थानीय नेतालाई नै उम्मेदवार बनाएमा विजय प्राप्त गर्र्न सहज हुने दाबी गरेका छन् ।
उनले कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु नै उम्मेदवारीका निम्ति पहिलो हकदर हुने बताएका छन् ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...