
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना तीन भाईमध्ये दुई जनालाई भाई टिका लगाएकी छन् । राष्ट्रपति भण्डारीका जेठा भाई तेजेन्द्र पाण्डे अमेरिकाबाट नेपाल आएका थिए । माईला भाई टेकेन्द्र अमेरिकामै छन् । त्यसैले भण्डारीले भाईहरु तेजेन्द्र र नेपालमै रहेका डेगेन्द्र पाण्डेलाई भाई टिका लगाइ दिएकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले बिहान ११ बजेर ५५ मिनेटको साईतमा भाई टिका लगाएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारी निवास वालुवाटारमा दुई वहिनीबाट साईतमा भाईटिका लगाएका हुन् । प्रधानमन्त्री ओलीलाई विष्णुमायाँ ढकाल र कौसिला कोइरालाले भाई टिका लगाउने भएका हुन् । प्रधानमन्त्रीलाई टिका लगाइ दिन ढकाल चितवनबाट काठमाडौं आएकी हुन भने कोइराला काठमाडौंमै बस्छिन् ।
प्रधानमन्त्रीकी बहिनी राजु मिश्रले भने प्रधानमन्त्रीका भाई जयप्रसाद ओलीलाई झापा पृथ्वीनगरमा टिका लगाई दिएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने यस पटक भाईटिका लगाएनन् । देउवा परिवारका सदस्यको निधन भएकाले जुटो परेपछि भाई टिका नलगाएको देउवाका स्वकिय सचिव भानु देउवाले बताए ।
कांग्रेस नेता रामचन्द्र पौडेल भने भाई टिका लगाउन चितवनको माधवपुर गएका छन् । त्यहाँ पौडेलका चार दाजुभाईलाई चार दिदी बहिनीले भाई टिका लगाइ दिएका थिए । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकी हजुरआमाको यस बर्ष निधन भएकाले भाई टिका लगाएनन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि भने भाई टिका चावहिल मित्रपार्ककी रेणु खड्का र उनकी बहिनीबाट लगाए । निधिले खड्का दिदीवहिनीसँग कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको समयदेखि नै लगाउँदै आएका थिए ।
यसअघिका कुनै वर्ष निधिले राजविराज र धनुषामा रहेकी दिदी र वहिनीका हातबाट भाई टिका लगाउँदै आएका थिए । उनी काठमाडौंमा रहँदा भाई टिकाकै दिन भने चित्रगुप्त पुजामा बालकुमारी गएका थिए । मैथिली संस्कृतिमा चित्रगुप्त पुजाको ऐतिहासिक र धार्मिक महत्व छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेता डा शेखर कोइरालाले भने नेतृ सुजाता कोइरालाबाट भाइटिका लगाएका छन् । सुजाताले बीपीका जेठा छोरा प्रकाशलाई पनि भाई टिका लगाउने छिन् । बीपीका कान्छा छोरा श्रीहर्ष भने विदेशमा रहेकाले यस बर्ष सुजाताले भाई टिका लगाइदिन पाइनन् ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...