
काठमाडौं । दुई करोड ६७ लाखभन्दा बढी रकमसहित कुकुर तिहारको दिन जुवा खालबाट पक्राउ परेका हाइप्रोफाइल जुवाडेको लक्ष्मी पुजा, भाई टिका र छठ पूजा समेत प्रहरीको खोरमा वितेको छ ।
सर्वोच्च अदालतका न्यायाधिश पुरुषोत्तम भण्डारीको इजलासले महाराजगञ्जस्थित साम्वला होटलपछि विक्रम गौतमको घरबाट रकमसहित पक्राउ परेका २५ जुवाडेमध्ये ६ जनाले गत आइतबार दिएको बन्दीपत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।
तर, उनीहरुलाई थुनामुक्त भएर मुद्धा लड्ने सुविधा भने अदालतले दिएन । अन्य निवेदकको निवेदनसमेत सँगै राखेर ल्याउन प्रहरीलाई अदालतले आदेश दिँदा प्रहरी हिरासतवाहिर बसेरै मुद्धा लड्न पाउने आशा गरेका थिए । तर जिल्ला अदालतले प्रहरीलाई भीआईपी जुवाडेलाई अनुसन्धान गर्न एक साता समय दिएको थियो ।
पक्राउ परेका क्यासिनो किङ भनेर चिनिएका बलराम सापकोटासहित ६ जनाले हिरासत वाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा रिट दिएका थिए । आइतबार तिहारको सार्वजनिक बिदा भए पनि सर्वोच्चको इजलास तीन बजेसम्म खुल्ला थियो तर महानगरिय प्रहरी बृत्त महाराजगञ्जले तीन बजेपछि मात्र रिट निवेदकलाई सर्वोच्च लगेपछि न्यायलयका कर्मचारीले निवेदकलाई बुधबार आउन समय दिएका थिए ।
बुधबार पनि पक्राउ परेका थप ६ जनाको निवेदनसमेत एकै साथ राखेर ल्याउन न्यायाधिशले आदेश दिएका थिए । प्रहरीले जुवाको खालबाट प्रक्राउ गरेकामध्ये बलराम सापकोटा, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन आइतबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।
पक्राउ पर्नेमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, रामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन् । महानगरिय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायव उपरिक्षक उमेश लम्साल नेतृत्वको टोलीले शनिबार राति छापा मारेर एक साथ २५ जुवाडेलाई गिरफ्तार गरेको थियो ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...