कांग्रेसले उपनिर्वाचनमा समावेशी अनुहार उठायो – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

कांग्रेसले उपनिर्वाचनमा समावेशी अनुहार उठायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार चयन गरेको छ । कांग्रेस पदाधिकारीको एक सातासम्मको बैठकपछि ति उम्मेदवारहरु चयन गरिएको हो ।

कांग्रेसले काश्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सभा सदस्यको उम्मेदवारको रुपमा खेमराज पौडेललाई चयन गरेको छ । सो क्षेत्रमा सत्तारुढ नेकपाले हेलिकोप्टर दुर्घटनामा निधन भएका नेकपा केन्द्रीय सदस्य तथा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमति विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले गण्डकी प्रदेशको बागलुङ जिल्लाको क्षेत्र नं २ ‘ख’ मा जीत बहादुर शेरचनलाई, दाङ क्षेत्र नं ३ को ‘ख’ मा केशव आचार्य र भक्तपुरको क्षेत्र नं.१ को ‘क’ मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बिधान बमोजिम संसदीय समिति गठन नगरेको कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम त्यस्ता उम्मेदवारको चयन गर्ने अधिकार पदाधिकारीलाई दिएको थियो ।

पदाधिकारीको दुई दिनदेखि जारी बैठकले चार जना उम्मेदवार चयन गर्न बिबाद भएपछि सभापति देउवालाई नै निर्णय गर्ने अधिकार दिइएको थियो । सभापति देउवाले काश्कीमा आफू पक्षधर पौडेललाई, बागलुङमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर जीत शेरचन, दाङमा पौडेल पक्षधर आचार्य र भक्तपुरमा देउवा पक्षधर भँडेललाई उम्मेदवार बनाइएको हो ।

कांग्रेसले यसअघि नै धरान उपमहानगरपालिकाको प्रमुखमा तिलक राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । अन्य तीन दर्जन स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको चयन गर्ने अधिकार सम्वन्धित जिल्ला कार्यसमितिलाई दिएको छ ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७६ कार्तिक २५, ०७: ०७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७६ कार्तिक २५, ०७: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७६ कार्तिक २५, ०७: ०७

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...