समाजावादीको भर परेर महाधिवेशन रोक्ने राजपा हिस्स – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

समाजावादीको भर परेर महाधिवेशन रोक्ने राजपा हिस्स

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीसँग एकीकरणका लागि कुर्न महाधिवेशन नै रोकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल हिस्स परेको छ । समाजवादी र राजपाबीच पार्टी उकीकरणको लागि विगत ६ महिनादेखि भएको अनौपचारि वार्ता परिणाममूखी बनाउन समाजवादीले केन्द्रीय समिति बैठकमार्फत सरकार छाड्ने र राजापासँग पार्टी एकीकरण गर्ने निर्णय एकसाथ गर्ने भन्दै राजपाका नेताहरुलाई महाधिवेशन रोक्न आग्रह गरेका थिए ।

समाजवादीको आग्रह बमोजिम कात्तिक २८ देखि ३० गतेसम्म् गर्ने भनिएको महाधिवशेनलाई राजपाले रोकेको थियो । उसले समाजवादीले सरकार छाडेमात्र पार्टी एकता हुन सक्ने अडान राख्न थालेपछि समामजवादीले संघीय परिषद्को बैठक बोलाएको थियो । समाजवादीले राजपालाई दिएको आश्वासन विपरित सत्ता जोगाउन सरकार नछाड्ने निर्णय गरेपछि राजपाका नेताहरु यतिवेला धोका भएको महसुस गर्न थालेका छन् ।

पार्टी एकीकरणको लागि दुवै पार्टीका शीर्ष नेताबीच सहमति भएपनि औपचारिक निर्णयका लागि दुवै दलले वातावरण बनाउँदै गएका छन् । त्यसका लागि ६ वटा मधेश केन्द्रीत दल मिलेर बनेको राजपाले संगठनात्मक संरचना निर्माण गर्त तत्काल वडादेखि जिल्ला तहसम्म तदर्थ समिति बनाउने निर्णय गरिसकेको छ । समाजवादीको हाल चलिरहेको पदाधिकारी बैठकमा समेत सरकार छाडेर राजपासँग एकीकरण गर्ने प्रस्तावमाथि छलफल गर्ने भनी राजपाका नेतालाई भनिएको थियो ।

समाजबादी पार्टीसँग एकीकरण गर्न राजपाले सरकार छाड्ुनु पर्ने प्रस्ताव सर्तको रुपमा अघि सारेको छ । तर समाजवादीले सैद्धान्तिक संगठनात्मक संरचनाको विषयमा सहमति भए सरकारमा रहने र नहरने विषयले कुनै अर्थ नराख्ने बताउँदै आएको छ ।

राजपाले सरकारबाट अलग्गिने निर्णय समाजवादीले नगरेसम्म पार्टी एकता हुन नसक्ने अड्डी लिएपछि समाजवादी पार्टीमा सरकारबा छाड्न दबाब आएको थियो । गत जेठमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग नयाँ शक्ति पार्टीका तत्कालिन संयोजक डा बाबुराम भट्टराईले पार्टी एकीकरण पछि सरकार छाड्न झन दबाब परेको छ ।

राजपाले सैद्धान्तिक, संगठनात्मक र तत्कालिन राजनीतिक विषयमा धारणा स्पस्ट पार्न समाजवादी पार्टीलाई प्रस्ताव पठाएको थियो । राजपाले २८ देखि ३० कात्तिकसम्म पार्टीको एकताको पहिलो महाधिवेशन गर्ने भनी मिति घोषणा गरेको थियो ।

त्यही मितिमा समाजवादीले पनि केन्द्रीय समितिको बैठक बोलाउनु संयोग मात्र नभएर योजना वा रणनीति नै भएको देखिन्छ । समाजवादी पार्टीले पार्टी एकीकरणको लागि केही समय माग गरेपछि राजपाले पनि महाधिवेशन टारेर पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने भन्दै तदर्थ समिति गठन गर्न ५५ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

राजपाले वडा, स्थानीयत तह, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला तदर्थ समिति गठन गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिएको छ । संघीय समाजवादी र नयाँ शक्तिबीच एकता भएपछि समाजवादीले पनि देशैभरी पार्टी एकता अभियान चलाइरहेको छ ।

यस्तो थियो पार्टी एकताको खाका
दुवै पार्टीबीच सैद्धन्तिक सहमतिको लागि पहिलो चरणमा वार्ता भएको थियो । त्यसका लागि सैद्धान्तिक सहमति भएका विषयमा सहमत गरी असहमति भएको विषयमा महाधिवेशनबाटै टुंगो लगाइने सहमति थियो । संगठनात्मक संरचनाका विषयमा दुवै पार्टीबाट चार÷चार जनाका दरले ८ जना शीर्ष नेता रहने र केन्द्रीय समिति सदस्यको संख्या बराबरी गर्ने सहमति भएको थियो ।

जसलाई दुवै पार्टीका नेताले समानता र सम्मानजनक एकतालाई आधार मानेका थिए । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाड्ने विषयमा दुवै दलका शीर्ष नेताबीच सहमति भएको दाबी गरिएको छ । नेताहरुबीच भएको सहमतिप्रति राजपामा अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र राजकिशोर यादवले असन्तुष्टी जनाएका थिए ।

समाजवादीको तर्फबाट संघीय सरकारमा सहभागी भएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले असहमति जनाएका थिए । राईले संघीय सरकार छाडेमा प्रदेश सरकार पनि समाजवादीले छाड्नु पर्ने तर्क अघि सारेका छन् । तर समाजवादीका अधिकांस नेताले नेकपा नेतृत्वको सरकारबाट अलग्गिनुको विकल्प नरहेको बताएका छन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७६ मंसिर २, ०५: ५५

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७६ मंसिर २, ०५: ५५

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७६ मंसिर २, ०५: ५५

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...