काठमाडौं । कात्तिक १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि वुधबार ४८ वटा स्थानीय तहमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आयोगका अनुसार ले आज (वुधबार) दिउँसो साढे एक बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । निर्वाचन आयोगले स्थानीय तहमा हुने उपनिर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति निर्धारण गरे बमोजिम कात्तिक २७ गते वुधवार धरान उपमहानगरपालिकाको प्रमुखसहित ४८ स्थानमा उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।
निर्वाचन आयोगका अनुसार वुधबार पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पपरा गाउँपालिकाको रिक्त अध्यक्ष पद र हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको रिक्त उपाध्यक्ष पदमा मनोनयन दर्ता भएको हो । यस्तै विभिन्न गाउँ पालिका र नगरपालिकाका रिक्त वडाअध्यक्षहरु ४३ जनाको लागि पनि वुधबार मनोनय दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ मा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ्ग गाउँपालिका–७, मोरङको धनपालथान गाउँपालिका ं–२, सुनसरीको धरान उपमहानगरपालिका वडा नं–७, संखुवासभाको खाँदवारी नगरपारिका –३, खोटाङको साकेला गाउँपालिका –३ मा वडाध्यक्षको लागि आज उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका हुन् ।
यस्तै प्रदेश २ मा सप्तरीको छिन्नमस्ता गाउँपालिका – ७, सिराहाको कल्याणपुर नगरपालिका –१२, महोत्तरीको बलवा नगरपाकिलका –८ र २ तथा मटिहानी नगरपालिका– ६, सर्लाहीको हरिपूर्वा नगरपालिका–१, रौतहटको गढीमाई नगरपालिका –२, बाराको बारागढी गाउँपालिका –१ र पर्साको सखुवा प्रसौनी गाउँपालिका –५ मा वडाध्यक्ष पदमा उम्मेदवार दर्ता भएका छन् ।
प्रदेश– ३ मा रिक्त रहेका ६ वटा वडाध्यक्ष पदका लागि रामेछापको उमाकुण्ड गाउँपालिका –५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका –८, काभ्रेको धुलिखेल नगरपालिका –२, काठमाडौँ दक्षिणकाली नगरपालिका –३, चितवनको खैरहनी नगरपालिका –४ र ५ मा आज उम्मेदवारी दर्ता भएको हो ।
गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित सुन्दरबजार नपा –२, बाग्लुङ्ग बडिगाड गाउँपालिका –२ र नवलपरासी (पूर्व) बैदीकाली गाउँपालिका –५मा वडाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।
प्रदेश– ५ को गुल्मीमा रुरुक्षेत्र गाउँपालिका –६, अर्घाखाँचीको मालारानी गाउँपालिका –३, प्युठानको प्यूठान नगरपालिका –२, प्यूठान ऐरावती गाउँपालिका – १ र २, रोल्पाको थावाङ गाउँपालिका –१, कपिलवस्तु शिवराज नगरपालिका –१०, घोराही उपमहानगर–१६, बाँकेको कोहलपुर नगरपालिका – ६ मा वडाध्यक्षको लागि मनोनयन दर्ता भएको हो ।
यस्तै, कर्णाली प्रदेशमा सल्यान कुमाख गाउँपालिका –५ को वडाध्यक्ष पदमा वुधबार मनोनयन पत्र दर्ता भएको छ । सुदूरपश्चिम प्रदेशका ७ वटा रिक्त वडाध्यक्ष पदका लागि आज मनोनयन दर्ता भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका –१, अछामको मल्लेख गाउँपालिका –५, डोटीको आदर्श गाउँ पालिका –२, कञ्चनपुरको पुर्नवास नगरपालिका –३, बैतडीको पुचौंडी नगरपालिका –४, सुर्नया गाउँपालिका –१ र दोगडाकेदार गाउँपालिका –४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगले आगामी १४ मङ्सिरमा हुने उपनिर्वाचनमा ३५ जिल्लाका ४४ स्थानीय तहका विभिन्न ४८ पदको लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ । संघीय संसदमा एक र प्रदेश सभामा तीन सदस्य निर्वाचनका उम्मेदवारको अन्तिम नामावली भने गत साता नै प्रकाशित भइसकेको छ ।
निर्वाचन आयोगले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १० को वडा अध्यक्षपदमा नेपालीकाँग्रेसका उम्मेदवार देवराज भारती र पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. १ को वडाअध्यक्षपदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुहाङ्गको उम्मेदवारीलाई समेत सद्धर गरेको छ ।
काग्रेसका भारती र राप्रपा लोकतान्त्रिकका थाम्सुहाङ्गको उम्मेदवारीका विरुद्ध परेको उजुरीको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तु र पाँचथरले मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्वाचन सम्बन्धी ऐन, नियम, कानून र निर्देशिका बमोजिम नै रहेकोले मनोनयन पत्र सदर गरिएको आयोगले जनाएको छ । आयोग प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठका अनुसार आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...